अष्ट्रेलियाको सिड्नीमा कोरोना फैलिएको रेष्टुरेन्टका मालिकद्वारा आफूहरु पिडित भएको गुनासो
प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार
![](https://i0.wp.com/www.khasokhas.com/wp-content/uploads/2020/07/crop.png?fit=626%2C370&ssl=1)
अष्ट्रेलियाको सिड्नीमा कोरोना फैलिएको रेष्टुरेन्टका मालिकले आफूहरु पिडित बनेको गुनासो गरेका छन्।
सिड्नीमा रहेको थाई रक रेष्टुरेन्ट चेनसंग सम्बन्धित एक सय भन्दा बढी कोरोना भाइरस संक्रमित केस फेला परेको छ। सोही रेष्टुरेन्टका मालिकहरुले अहिले आफूहरु पिडित भएको गुनासो गरेका हुन्।
नाइन न्युजसंगको कुराकानीमा उनीहरुले कसरी संक्रमण फैलियो भन्ने आफूहरुले नबुझेको बताएका छन्। त्यस्तै उनीहरुले अब रेष्टुरेन्ट पूरानो अवस्थामा कसरी फर्काउने, आफ्नो व्यवसाय कसरी चल्छ भन्ने कुरामा अन्योल रहेको उल्लेख गर्दै अहिले आफूहरु पिडित भएको गुनासो गरेका छन्।