अष्ट्रेलियाको भिक्टोरियामा कोरोना जाँच गर्न जाँदा काम छुटेमा ३ सय डलर सहयोग


प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार

अष्ट्रेलियाको भिक्टोरियामा कोरोना जाँच गर्न जाँदा काम छुटेमा राज्य सरकारले राहत स्वरुप ३ सय डलर सहयोग दिने भएको छ।

भिक्टोरियामा कोरोना संक्रमण फैलिरहेको समयमा जाँच गरि सुरक्षित रहनु आवश्यक छ। यस्तो समयमा जाँच देखि नतिजा नआएसम्म घरमै बस्नुपर्ने हुँदा काम छुटेको खण्डमा सरकारले उक्त सहयोग उपलब्ध गराउने भएको हो ।

त्यस्तै, कोरोना भाइरस लागेको पुष्टि भएको वा संक्रमण पुष्टि भएको मानिसको निकट सम्पर्कमा आएका योग्य भिक्टोरियाबासी कामदारहरूको सहयोगार्थ सरकारले एक पटकको लागि १५ सय डलर सहयोग उपलब्ध गराउँछ ।

थप जानकारीको लागि कोरोनाभाइरस हेल्पलाइन 1800 675 398 मा (दैनिक २४ सै घण्टा) सम्पर्क गर्न सकिन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com