अष्ट्रेलियाको भिक्टोरियामा ८ जना नेपालीमा कोरोना संक्रमण पुष्टि, पिडितलाई एनआरएनएको सहयोग


प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार

अष्ट्रेलियाको भिक्टोरियामा ८ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितहरु विद्यार्थी देखि एनआरएनए पदाधिकारीहरुसम्म रहेको बताइएको छ।

संक्रमित मध्ये ४ जना होटल क्वारेन्टिनमा र ४ जना घरमै आइसोलेसनमा बस्नेछन्। घरमा छुट्टै कोठा र बाथरुम रहेका कारण उनीहरुलाई घरमै आइसोलेसनमा बस्न भनिएको हो।

विद्यार्थीलाई होटल क्वारेन्टिनको लागि एनआरएनए अष्ट्रेलियाले पहल गरेको छ भने संक्रमितहरुका लागि आवश्यक ग्रोसरी लगायत सहयोग गरिरहेको छ।

नेपालीहरु रेष्टुरेन्ट तथा बार, एज्ड केयर, हस्पिटल जस्ता कोरोना संक्रमणको उच्च जोखिम रहेको क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै एनआरएनए अष्ट्रेलियाले थप अन्यको पनि परिक्षण गरिने जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com