अफ्रिकामा कोरोनाबाट पहिलो नेपालीको निधन


प्रकाशित मिति : श्रावण १६, २०७७ शुक्रबार

अफ्रिकी महादेशको दक्षिण अफ्रिकास्थित जोहान्सबर्गमा कोरोनाबाट एक नेपाली युवाको निधन भएको छ ।

पांचथर घर भएका ३४ वर्षीय नियालसन बोखिम लिम्बुको निधन कोरोनाका कारण भएको शंका गरिएको एनआरएनए भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले जानकारी दिएका छन् ।

कोरोनाको रिपोर्ट भोलि शुक्रबारसम्म आइपुग्ने जनाइएको छ । उनी वासिङ पाउडर बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरको रुपमा कार्यरत थिए ।

अहिले दक्षिण अफ्रिका, नाइजेरिया, इजिप्ट र आइभोरी कोस्टमा नेपालीहरु संक्रमित हुने क्रम बढेको जनाइएको छ । हालसम्म अफ्रिकामा १५ नेपाली संक्रमित भएकामा ११ निको भएर डिस्चार्ज भइसकेका, तीनजना उपचाररत र एकको मृत्यु भएको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com