बलात्कार अभियोगमा अमेरिकाबाट सिड्नी लगिएका नेपाली युवाको मुद्दाको सुनुवाई सुरु


प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार

बलात्कारको आरोपमा अष्ट्रेलियामा हिरासतमा रहेका नेपाली युवा बलराम शिवको मुद्दामाथि न्यु साउथ वेल्सको सर्वोच्च अदालत डार्लिङहस्टमा सुनुवाई शुरु भएको छ ।

सन् २०१७ को जनवरीमा कार्लटन स्थित अपार्टमेन्टमा एक २१ वर्षीय महिलामाथि यौन हमला गरेको आरोपमा अमेरिकाबाट सिड्नी ल्याइएका बलरामको मुद्दामा सोमबार २७ जुलाईबाट सुनुवाई शुरु भएको हो ।

अदालती कारबाही करिव दुई हप्ता सम्म चल्ने सक्ने बताईएको छ । गएको बर्ष दक्षिण सिड्नीको सदरल्याण्ड अदालतले शिवको जमानत अस्विकार गरेपछि उनी हिरासतमै थिए ।

अमेरिकामा बस्दै आएका बलराम शिव पर्यटक भिसामा २०१७ मा अस्ट्रेलिया आएका थिए । न्यु साउथ वेल्स प्रहरीका अनुसार शिवले २०१७ को जुन महिनामा काल्टनमा बसोबास गर्ने २१ बर्षिय नेपाली महिलामाथि यौन हमला गरेको आरोप रहेको छ । घटना पछि आरोपित शिव त्यही दिन अमेरिका फर्केका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिका र अस्ट्रेलिया बीचको सुपुर्दगी सन्धिका आधारमा न्यु साउथ वेल्स प्रहरी, सेन्ट जर्ज कमाण्डका प्रहरी अमेरिका पुगेर शिवलाई पक्राउ गरी अस्ट्रेलिया ल्याएका थिए । उनलाई न्युयोर्कमा स्थानीय प्रहरीको सहयोगमा लस एन्जल्सबाट अस्ट्रेलियन प्रहरीले हिरासतमा लिएको थियो ।

बलराम शिव माथि प्रहरीद्वारा अनुमति बिना यौन सम्पर्क राखेको दुई आरोप र अभद्र क्रियाकलापमा संलग्न भएको पाँच ओटा आरोप लगाएको थियाे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com