अष्ट्रेलियाको भिक्टोरियामा एकै दिनमा ७२३ जना नयाँ संक्रमित फेला, थप १३ जनाको मृत्यु
प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार
अष्ट्रेलियाको भिक्टोरियामा पछिल्लो २४ घण्टामा ७ सय २३ जना नयाँ संक्रमित फेला परेका छन्। अहिलेसम्मकै एकै दिनमा सबैभन्दा धेरै संख्यामा संक्रमित थपिएका हुन्।
त्यस्तै, थप १३ जनाको मृत्यु भएको छ। मृत्यु भएका मध्ये १० जना एज्ड केयरसंग सम्बन्धित रहेका व्यक्ति रहेको बताइएको छ।
योसंगै भिक्टोरियामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय 5 पुगेको छ।