पीपीपी ऋणले लेम्बोर्गिनी खरिदेका मायामीका युवाबिरुद्ध ७० बर्ष जेल सजायको माग गर्दै मुद्दा


प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार

कोरोनाको महामारीका कारण उत्पन्न आर्थिक संकटको सामना गर्न अमेरिकी सरकारले साना व्यापार व्यवसायलाई उपलब्ध गराएको पेचेक प्रोटेक्सन प्रोग्राम ऋण लिएर लेम्बोर्गिनी गाडी खरिद गरेका एक युवाबिरुद्ध अपराध गरेको अभियोग दर्ता गराइएको छ । फ्लोरिडाको मायामी निवासी २९ बर्षका ती युवाले पेचेक प्रोटेक्सनको रकम लेम्बोर्गिनी गाडी लगायत शयलका सामाग्री खरिदमा लगाएको संघीय अधिकारीहरुले जनाएका छन् ।

डेभिड टेलर हाइन्स नामका ती युवाले पीपीपी ऋण लिनका लागि समेत जालसाजी कागजात पेश गरेर नक्कली आवेदन दिएका थिए । उनले झण्डै ४ मिलियन डलर पीपीपी कार्यक्रम अन्तरगत प्राप्त गरेका थिए । उनले रकम प्राप्त भएपछि उनले झण्डै ३ लाख १८ हजार डलर लेम्बोर्गिनी गाडी र अन्य सुखसयलका सामाग्री खरिदमा लगाएका थिए ।

डेभिड बिरुद्ध दायर गरिएको मुद्दाको पूर्ण पाठ

उनले झण्डै ११ हजार डलर मायामीका दुईवटा होटलमा खर्च गरेका थिए भने ८ हजार ५ सय ३० डलर हिराका सामाग्रीहरु खरिद गर्नमा लगाएका थिए । कुनै पनि खर्च विजनेश सम्बन्धित नभएको संघीय अधिकारीहरुले फाइल गरेको आपराधिक अभियोगपत्रमा जनाइएको छ ।

सुरुमा ती युवाले साढे १३ मिलियन डलर पीपीपी ऋण माग गर्दै सातवटा पीपीपी आवेदन दिएका थिए । आफ्ना ४ वटा कम्पनीका कामदारलाई तलब खुवाउनका लागि रकम आवश्यक भएको भन्दै उनले ऋणका लागि आवेदन दिएका थिए । तर युएस पोष्टल इन्सपेक्टरका तर्फबाट दायर गरिएको मुद्दामा ती व्यक्तिका कुनै कामदार नभएको जनाइएको छ ।

यदि ती युवा दोषी प्रमाणित भएमा बैंक फ्रडमा १० लाख डलरसम्म जरिवाना र ३० बर्षसम्म जेल सजाय, गलत कागजात बुझाएकोमा १० लाख डलरसम्म जरिवाना र ३० बर्षसम्म जेल तथा गैरकानुनी कारोबारमा संलग्न भएको अभियोगमा १० बर्षसम्म जेल सजायको सामना गर्नुपर्ने हुनसक्छ । ती युवाले गतहप्तामात्र मास्क नलगाएका कारण १ सय डलर जरिवाना तिर्नुपरेको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com