चीनबाट अर्डर नगरिकनै आएका बिउहरु नरोप्न अमेरिकाका ३१ राज्यले दिए चेतावनी


प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार

अमेरिकाका कम्तीमा ३१ राज्यहरुले  चीनको अज्ञात स्थलबाट अकस्मात कसैको नाममा अर्डर नगरिकनै आएका बिउका पोकाहरु  नखोल्न  र नरोप्न  चेतावनी जारी गरेका छन् । त्यस्ता बिउहरु घातक हुनसक्ने वा नक्कली उत्पादन रिभ्युका लागि आफै अनलाइन एकाउन्ट बनाएर भेरिफाइड ग्राहकका तर्फबाट रिभ्यु गर्नका लागि बिउहरु पठाइएको हुनसक्ने आशंका गरिएको छ ।

अमेरिकाका कैयन स्थानमा अर्डर नगरेका बिउका पोकाहरु आइरहेको छन् भने ती बिउका पोकाहरु चाइनाबाट पठाएको छ । चाइनाको सरकारी हुलाक सेवाबाटै ती बिउहरु पठाइएको छ ।

त्यस्ता बिउ घातक हुनसक्ने र रोपेको खण्डमा वातावरण तथा अन्य बोटबिरुवामा नकारात्मक असर पर्ने भर्जिनिया लगायतका राज्यका कृषि विभागहरुले जनाएका छन् । अमेरिकी सरकारको सीबीपीले पनि त्यस्ता बिउहरुबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

त्यस्ता बिउका पोकाहरुले कस्ले र किन पठाइरहेको छ भन्नेबारे केही स्पष्ट छैन । राज्यहरुले त्यस्ता पोका प्राप्त भएमा प्लान्ट इन्ड्रस्ट्री सर्भिसको कार्यालयमा सम्पर्क गर्न सर्वसाधारणका नाममा सुचना जारी गरेका छन् । भर्जिनियाका अतिरिक्त कन्सास, केन्टकी, ओहायो, साउथ क्यारोलिना र वासिंटन राज्यमा समेत त्यस्ता बिउका पोकाहरु आइरहेका छन् ।

कन्सासको कृषि विभागले जारी गरेको सुचना यहाँ पढ्नुहोला ।

बिउका पोकाका प्याकेजमा चाइनिज अक्षरहरु लेखिएको छ । प्याकेजभित्र गहना रहेको उल्लेख गरिएपनि खोलेर हेर्दा सुन्तलाका जस्ता बिउहरु पाइएका छन् । अमेरिकामा अन्य देशबाट बिउ र बोटबिरुवा ल्याउँदा कडा नियम रहेको छ । प्लान्ट प्रोटेक्सन एण्ड क्वारेन्टीन कार्यक्रम अन्तरगत यसको निगरानी गरिन्छ ।

केन्टकी राज्यले जारी गरेको सुचना यहाँ पढ्नुहोला ।

अमेरिकामा ल्याइने कुनै पनि बिउबिजनमा कुनै रोग वा किरा नभएको प्रमाणित गर्ने प्रमाणपत्र प्राप्त गरेको हुनुपर्छ । तर यसरी सर्वसाधारणहरुले अर्डर नै नगरेका बिउहरु प्राप्त गर्दा एकखालको त्रास उत्पन्न भएको छ ।

ओहायो राज्यले जारी गरेको सुचना यहाँ पढ्नुहोला ।

 

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com