अष्ट्रेलियाको सिड्नी स्थित जीमखानामा कोरोना भाइरस संक्रमित सहभागी भएको पुष्टि


प्रकाशित मिति : श्रावण १३, २०७७ मंगलबार

अष्ट्रेलियाको सिड्नी स्थित जीमखानामा कोरोना भाइरस संक्रमित सहभागी भएको पुष्टि भएको छ। फिटनेस फस्ट जीमखानामा कोरोना भाइरस संक्रमित पनि सहभागी भएको पुष्टि भएको हो।

जीमखानाका अनुसार, उनी त्यहाँ जुलाई २० मा पुगेका थिए। संक्रमित व्यक्ति जीमखानाको कक्षामा सहभागी भएको तर जीम फ्लोर प्रयोग नगरेको बताइएको छ।

न्यु साउथ वेल्स स्वाथ्य विभागले ती व्यक्तिको सम्पर्कमा आएका सबै व्यक्तिहरुलाई सम्पर्क गरी सेल्फ आइसोलेसनमा बस्न पठाएको छ।

Source : 7News

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com