कोरोना महामारीको राहत प्याकेज ‘हिल्स एक्ट’ सिनेटमा औपचारिक रुपमा सार्वजनिक


प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार

रिपब्लिकनहरुको राहत प्याकेज बिल अमेरिकी सिनेटमा औपचारिक रुपमा सार्वजनिक गरिएको छ । सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले औपचारिक रुपमा राहत प्याकेज बिल सार्वजनिक गरेका हुन् ।

हिल्स एक्ट नामको उक्त बिलमा दोश्रो चरणको राहत चेक लगायतका कैयन विषयहरु समावेश गरिएका छन् । सिनेटर मिच म्याक्कोनेलले अमेरिकहरुलाई अझ धेरै सहायताको आवश्यकता रहेकाले यो बिल ल्याइएको बताएका छन् ।

उनले आगामी दुईतीनसाताभित्र यो बिल सिनेटबाट पारित भएर हाउसमा पुग्ने आशा व्यक्त गरेका छन् । तर डेमोक्र्याट्सहरुको धारणा यो बिलमा ल्याइएका कैयन विषयमा निकै फरक रहेकाले उनीहरुबाट आउने प्रतिकृया भने हेर्न बाँकी नै छ ।

झण्डै १ ट्रिलियन डलरको यो बिलमा अधिकांश अमेरिकन, ग्रिनकार्डवाहक र करदाताहरुलाई दोश्रो चरणमा १२ सय डलर राहत चेक दिने र काम गुमाएकाहरुलाई अतिरिक्त साप्ताहिक २ सय डलरसम्म दिने प्रस्ताव गरिएको छ ।

काम गुमाएकाहरुले अतिरिक्त साप्ताहिक ६ सय प्राप्त गरेकोमा अब साप्ताहिक अधिकतम २ सयसम्म दिने रिपब्लिकन प्रस्ताव गरिएको छ । काम गुमाएकाहरुलाई दिइदै आएको साप्ताहिक ६ सय डलरको म्याद यसैसाता समाप्त भएको छ ।

काम गुमाएकाहरुलाई उनीहरुको विगतको आम्दानीको ७० प्रतिशतसम्म ज्याला कभर गर्नेगरी अतिरिक्त अधिकतम २ सय डलरसम्म प्रदान गर्ने बिलमा उल्लेख छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com