अष्ट्रेलियन सरकारलाई सिटिजनसिप टेस्ट सुचारु गर्न दबाब दिनको लागि हस्ताक्षर अभियान


प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार

कोरोना भाइरसका कारण अष्ट्रेलियन सरकारले अहिले सिटिजन सिप टेस्ट तथा इन्टरभ्यु स्थगित गरेको छ।

यसै सम्बन्धमा सिटिजनसिपको लागि योग्य भैसकेका पीआर होल्डरहरुले सरकारलाई सिटिजनसिप टेस्ट सुचारु गर्न दबाब दिने उद्देश्यका साथ दबाबमूलक अभियान चलाएका छन्। उनीहरुले change.org मार्फत हस्ताक्षर अभियान चलाएका हुन्।

कोरोना भाइरस संक्रमण तथा लकडाउनका कारण आफूहरुले जागिर गुमाइरहेको, सरकारले सिटिजनसिप होल्डरहरुलाई पर्याप्त राहत उपलब्ध गराएको तर आफूहरु भने सिटिजनसिप टेस्टको लागि योग्य हुँदाहुँदै पनि टेस्ट दिन नपाई सम्भावित राहतबाट बन्चित हुनु परेको उल्लेख गर्दै उनीहरुले सम्पूर्ण पीआर होल्डरहरुलाई हस्ताक्षर अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

उनीहरुले अहिले टेस्ट सुचारु गर्ने अवस्था नरहेको भए डकुमेन्टको आधारमा नागरिकता दिन समेत माग गरेका छन्।  उक्त अभियानमा हालसम्म १३ सय जनाले हस्ताक्षर गरिसकेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

थप जानकारीको लागि : https://www.change.org/p/restarting-australian-citizenship-test-interview

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com