विश्व सुन्दरी ऐश्वर्या र छोरी आराध्याको कोरोना परीक्षण नेगेटिभ, अस्पतालबाट डिस्चार्ज


प्रकाशित मिति : श्रावण १२, २०७७ सोमबार

विश्व सुन्दरी तथा बलिउड अभिनेत्री ऐश्वर्या राई बच्चन र उनकी छोरी आराध्याको कोरोना परीक्षण नेगेटिभ आएको जनाइएको छ ।अभिनेता अभिषेक बच्चनले ट्वीतर मार्फत सोमबार पत्नी ऐश्वर्या राई बच्चन र छोरी आराध्याको कोरोना टेस्ट नेगेटिभ आएको जानकारी दिएका हुन् । यद्यपि कोरोना संक्रमित अमिताभ बच्चन र अभिषेक बच्चन भने अझै अस्पतालमा नै छन्।

अभिषेकले ट्वीटरमा लेखे, तपाईको निरन्तर प्रार्थना र इच्छाका लागि तपाईहरु सबैलाई धन्यवाद। यसका लागि म सधैँ ऋणी रहनेछु। ऐश्वर्या र आराध्याको कोरोना टेस्ट नेगेटिभ आएको छ । उनीहरुलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। मेरो बुबा र म अस्पतालमा नै छौं।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com