काममा बोलाउँदा पनि नजाने कामदार बेरोजगारी विमा रकमका लागि योग्य नहुने


प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार

रोजगारदाताले काममा बोलाउँदा पनि नजाने कामदार संघीय बेरोजगारी विमा रकमका लागि योग्य नहुने युएस ट्रेजरी सेक्रेटरी स्टेभन मन्चिनले बताएका छन् । यदि कोही कामदार कोरोनाको महामारीका कारण वेतलवी विदामा बसेको छ वा कार्यस्थल बन्द भएका कारण काममा जान सकेको छैन तर अहिले कार्यस्थल खुलेर रोजगारदाताले काममा बोलाएको छ भने त्यस्ता कामदार काममा जानुपर्ने उनले बताएका छन् ।

पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगत रकम प्राप्त गरेका कम्पनीहरुले कोरोनाको महामारीका कारण विदामा बसेका कामदारलाई काममा बोलाउँदा त्यस्ता कामदारहरु काममा नआएको खण्डमा राज्यको बेरोजगारी कार्यालयमा खबर गर्नुपर्ने मन्चिनको भनाई छ । यदि कामदारले काममा आउन अस्वीकार गरेमा त्यस्तो व्यक्ति विस्तृत वेरोजगारी सुविधाका लागि अयोग्य उनले उनले बताए ।

अमेरिकामा कैयनले काम गर्दाको बखतमा भन्दा बेरोजगारी विमाबाट बढी रकम प्राप्त हुन थालेपछि बेरोजगारी दर उच्च हुने रिपब्लिकन सांसदहरुको चेतावनी लगत्तै मन्चिनको भनाई आएको हो । संघीय केयर एक्टले २५० बिलियन डलर विस्तृत बेरोजगारी विमाका लागि छुट्याएको छ, जसअन्तरगत सामान्य २६ हप्ताको तुलनामा ३९ हप्तासम्म रकम पाउनसक्ने व्यवस्था गरिएको छ । त्यस्तै जुलाई ३१ सम्म साप्ताहिक रुपमा अतिरिक्त ६ सय डलर पाउने समेत व्यवस्था छ ।

यसैबीच डिपार्टमेन्ट अफ लेवरका ईन्सपेक्टर जनरलले पीयुएका लागि आवेदन दिंदा जालजासी हुनसक्ने भन्दै सम्बन्धित निकायहरुलाई सचेत समेत गराएका छन् । उनले जालसाजी पत्ता लगाउन र रोक्नसमेत सम्बन्धित निकायलाई निश्चित संयन्त्रको निर्माण गर्न भनेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com