विश्व स्वास्थ्य संगठन : चीनले दुई अर्ब डलर दिने, स्थायी रुपमै सहयोग रोक्ने ट्रम्पको चेतावनी


प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार

विश्व स्वास्थ्य संगठन डब्लुएचओलाई चीनले दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ । सोमबार चिनियाँ राष्ट्रपति सि चिन फिङले सो रकम दुई बर्षभरीमा कोरोनाभाइरस विरुद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको बताएका हुन् ।

सोमबार नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३० दिनभित्र विश्व स्वास्थ्य संगठन ले मुख्य सुधारको प्रतिबद्धता नजनाए अमेरिकाले विश्व स्वास्थ्य स्वास्थ्य संगठनसँगको आवद्धता परित्याग गर्ने चेतावनी दिएका छन् । साथै विश्व स्वास्थ्य संगठनलाई अमेरिकी सहयोग सधैका लागि रोक्ने चेतावनी दिएका छन् ।

सोमबार राती विश्व स्वास्थ्य संगठनका नाममा एउटा पत्र ट्वीट गर्दै ट्रम्पले विश्व स्वास्थ्य संगठन कोरोनाबिरुद्धको प्रारम्भिक कदममा असफल रहेको बताएका छन् । उनले विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनलर चीनप्रति निकै नरम भएको आरोप लगाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले गत अप्रिलमा विश्व स्वास्थ्य संगठनलाई प्रदान गर्ने रकम ६० दिनका लागि अस्थायीरुपमा रोक्ने निर्णय गरेका थिए । विश्व स्वास्थ्य संगठनले ३० दिनभित्र कस्ता परिवर्तन ल्याउनपर्ने भन्नेबारे भने ट्रम्पले केही बताएका छैनन् । तर विश्व स्वास्थ्य संगठन र अमेरिकाबीच छलफलको प्रकृया सुरु भइसकेको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com