बरु घरमै मर्छौ,आईसोलेसन जाँदैनौ : कोरोना संक्रमित


प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार

कोरोना भाइरसको संक्रमण पुष्टी भएका संक्रमितहरुलाई उपचारका लागि लिन गएको एम्बुलेन्सलाई बांकेको नरैनापुरमा अवरोध गरिएको छ । सोमबार पुष्टी भएका ५९ जना संक्रमितहरुलाई नेपालगन्जको डेन्टल अस्पताल र खजुराको क्यान्सर अस्पतालमा राखि उपचारगर्ने निर्णय भएसंगै आई एन एफ र नेपाली सेनाको एम्बुलेन्स उनीहरुलाई लिन नरैनापुर गएको थियो ।

संक्रमित लिन गएको एम्बुलेन्सलाई स्थानीयबासीले घेरेर बिरामी राख्न नदिएको प्रहरीले जनाएको छ । स्थानीयबासी र संक्रमित स्वयंले नेपालगन्ज आउन नमानेको हुन । उनिहरुले मरेपनि घरमै मर्ने हो भनेर जिद्दी गरेको जिल्ला प्रहरी कार्यालय बांकेका प्रवक्ता डिएसपी शिव बहादुर सिंहले बताउनु भयो । महिलाहरुलाई अगाडी राखेर एम्बुलेन्स क्वारेन्टाईन सम्म जान नदिएको पिएसपी सिंहले बताउनु भयो ।

क्वारेन्टाईन वरिपरि ठुलो संख्यामा स्थानीयबासी जम्मा भएकाछन् र उनीहरुले संक्रतिमहरुलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराउनुपर्ने माग गरेका छन् । स्थानीय लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिद्युत, उपकरण लगायतको सुबिधा नभएपछि आजमात्र बिपद ब्यवस्थापन समितीले नेपालगन्जमा आइसोलेसन बनाई उनीहरुलाई राख्ने निर्णय गरेको थियो ।

एता कोहलपुर स्थित कृषि बिकास बैंकको तालिम केन्द्र पिपरीमा समेत संक्रमितलाई राखेर उपचार गर्ने प्रशासनले निर्णय गरेपनि संक्रमितलाई पिपरी ल्याउन नदिने भन्दै स्थानीयबासीले नारा जुलुस निकालेकाछन् । संक्रमण फैलिन सक्ने भन्दै तालिम केन्द्र वरपरका स्थानीयबासीले प्रदर्शन गरेका कारण अवरोध सिर्जना भएको डिएसपी सिंहले बताउनु भयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुबै तर्फ प्रहरीको थप शक्ति परिचालन गरिएको र स्थानीय पालिकाहरुलाई सहजिकरणका लागि अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय बांकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकेरेलले बताउनु भयो । स्थानीय जन प्रतिनिधिले समन्वय नगरेको प्रशासनको गुनासो छ ।

अवरोधका बिषयमा सम्पर्क गर्न खोज्दा कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतको मोबाईलमा दर्जनौ पटक सम्पर्कहुन नसक्ने बनाएकाछन् । संक्रमितले आउन नमान्ने, स्थानीयले लैजान नदिने र आईसोलेसन अरपरका स्थानीयबासीले अवरोध गरेपछि सोमबार संक्रमण पुष्टी भएकाहरुको उपचार अन्यौलमा परेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com