नेपालको प्रदेश नम्बर २ का सबै जिल्लामा फैलियो कोरोना


प्रकाशित मिति : जेष्ठ ३, २०७७ शनिबार

प्रदेश नम्बर २ का सबै जिल्लामा कोरोनाभाइरसको संक्रमण फैलिएको छ। सिरहामा पनि शनिबार एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै प्रदेश नम्बर २ का ८ जिल्लामै कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो । यस्तै प्रदेश नम्बर २ का जिल्लाहरु पर्सामा ९१, सर्लाहीमा २, सप्तरीमा १, धनुषामा ४, बारामा ३, रौतहटमा ३ र महोत्तरीमा २ जनामा कोरोना संक्तमण पुष्टि भएको छ।

शनिबार ६ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ जना पुगेको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म ३६ जना कोरोना निको भएर घर फर्किएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com