थप ६ जनामा कोरोना संक्रमित,नेपालमा संक्रमितको संख्या २ सय ७३


प्रकाशित मिति : जेष्ठ ३, २०७७ शनिबार

नेपालमा काेराेना संक्रमित संख्या २७३ पुगेकाे छ । शनिबार बिहान पुनः ६ जना नयाँ संक्रमित थपिएपछि कुल संख्या २७३ पुगेकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थपिएका ६ जना बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनका रहेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैँमा गरिएकाे परीक्षणमा बर्दियाकाे नार्खु- ११ का २८ वर्षीय एक महिलामा तथा सिरहाकाे सखुवा- १९ निवासी एक ३० वर्षीय पुरूषमा संक्रमण पुष्टि भएकाे छ । यससँगै सिरहाका बासिन्दामा पहिलाेपटक काेराेना देखिएकाे छ ।

यसैगरी पर्साकाे वीरगञ्ज- १२ निवासी २८ र २९ वर्षका २ पुरूष, सर्लाहीकाे रामनगर- ४ निवासी १८ वर्षकी एक किशाेरी र चितवनकाे गढाैली- १ निवासी २६ वर्षीय एक महिलामा संक्रमण देखिएकाे हाे । हाल  सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा ३६ जना संक्रमित भने उपचारपछि निकाे भएर घर फर्किसकेका छन् । २६७ जना भने आइसोलेसनमा रहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com