शुक्रबार स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको सार्वजनिक विवरणमा दाङका भनिएका कोरोना संक्रमित व्यक्ति त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कर्मचारी रहेको खुलेको छ ।
उनी दाङ तुल्सीपुर ७ का स्थायी वासिन्दा भनिए पनि शिक्षण अस्पतालमा कार्यरत कर्मचारी भएको खुलेको हो । मन्त्रालयले विवरण सार्वजनिक गरेको केही घण्टामै दाङ तुल्सीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुराको जानकारी दिएका छन् ।
मेयर पाण्डेले भनेका छन्, ‘तुल्सीपुर उपमहानगपालिका– ७ का कोरोना देखिएका भनिएका व्यक्ति काठमाडौैका एक अस्पतालमा कार्यरत रहेका र काठमाडौंमै रहेको जानकारी गराइन्छ ।’ मेयर पाण्डेले अस्पतालको नाम नखुलाएपनि उनी त्रिवि शिक्षण अस्पतालकै कर्मचारी भएको श्रोतको दाबी छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।