नेपालमा २१० पुरुष र ४८ महिला कोरोना संक्रमित


प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २५८ पुगेको छ। जसमध्य पुरुष २१० र महिला ४८ जना संक्रमितहरु रहेका छन् ।

शुक्रबार ९ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या २५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाकाले बताएका हुन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र भेरी अस्पताल, नेपालगंजमा गरिएको परीक्षणबाट शुक्रबार ९ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । नयाँ पोजिटिभ देखिएकाहरु मकवानपुर निवासी ३७ र बाँकेका १८, २०, २२, २५, २५, २७, ३२, ३६ वर्षीय पुरुष छन्।

उदयपुरका २५ वर्षीय पुरुष डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ३६ पुगेको छ। उनी विराटनगरको कोसी अस्पतालबाट डिस्चार्ज भएका हुन्।

अहिलेसम्म पीसीआर विधिबाट २३ हजार ९ सय १४ नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको हो । त्यस्तै आरडीटी विधिबाट ६३ हजार ८५ जनाको नमुना परीक्षण गरिएको छ ।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार प्रदेश १ मा ३५, प्रदेश २ मा एक सय, बागमती प्रदेशमा १३, गण्डकीमा ३, प्रदेश ५ मा १०२ सुदूरपचिम प्रदेशमा ५ जना संक्रमित छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com