कोरोना संक्रमणको उपचार र भ्याक्सिनको शोध चोर्न चीनले ह्याकर लगाएको अमेरिकी आरोप


प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहीबार

चीनसम्बद्ध ह्याकरहरुले अमेरिकाको कोभिड १९ सम्बन्धि शोधसँग सम्बन्धित तथ्यांकहरु र बौद्धिक सम्पत्ति चोर्न प्रयास गरेको भन्दै अमेरिकाले निन्दा गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पम्पिओले वक्तब्य जारी गर्दै चीनलाई यस्तो हर्कत तुरुन्त बन्द गर्न चेतावनी दिएका छन् ।

अमेरिकी सरकारको एफबीआई र होमल्याण्ड सेक्युरिटीको साइबर सेक्युटिरी एजेन्सीले चीनसम्बद्ध ह्याकरले अमेरिकाको कोरोना भाइरसको भ्याक्सिनबारेको शोध चोर्न खोजेको पत्ता लगाएका हुन् । यस जानकारीको सम्भावित चोरीले सुरक्षित र प्रभावकारी उपचार विकल्पलाई जोखिममा पार्ने पम्पिओले बताएका छन् ।

साइबरस्पेसमा चीनको व्यवहार कोरोना महामारीभर प्रत्युत्पादक कार्यको विस्तार रहेको अमेरिकाले बताएको छ । चीनले पत्रकार, वैज्ञानिक र नागरिकलाई मौन राखेर गलत सुचनाहरु फैलाइरहेको र जसका कारण स्वास्थ्य संकटको खतरा बढेको पनि पम्पिओले आरोप लगाएका छन् ।

हिजोमात्र अमेरिकाको एफबीआईले चीनिया ह्याकरहरुले कोरोना संक्रमणको उपचार र भ्याक्सिनका शोधका डाटाहरु चोर्न खोजेको सार्वजनिक गरेका थिए । यसले कोरोनाको महामारीका सन्दर्भमा अमेरिका र चीनबीचको युद्धमा अझै इन्धन थपेको छ । ह्याकरको समुह चीनको सरकारसम्बद्ध रहेको एफबीआईले दावी गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com