६ सय बढी नेपाली नेपाल आउँदै, ५ सय भारतीय भारत पठाईंदै


प्रकाशित मिति : जेष्ठ १, २०७७ बिहीबार

नेपालगन्जको जमुनाहा सिमा पारीको नानापारा, बहराईच र रुपैडियाका बिभिन्न क्वारेन्टाईनमा रहेका नेपालीलाई नेपाल भित्राउन थालिएको जिल्ला प्रशासन कार्यालय बांकेले जनाएको छ । छोटी भन्सार र चोरीबाटोबाट धमाधम नेपालीहरु नेपाल पस्न थाले पछि बांके प्रशासनले सिमा पारी रहेका नेपालीलाई मुलबाटोबाटै नेपाल ल्याउने भएको हो ।

भारतमा रहेका ७ सय बढी नेपाल भित्राईंदा नेपालका बिभिन्न क्वारेन्टाईनमा रहेका भारतीयलाई पनि भारत पठाउने तयारी भएको बांकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताउनु भयो ।
नेपालबाट भारत पठाउने र भारतबाट नेपाल ल्याउनेकाम संगसंगै हुने उहांले बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी प्याकरेलका अनुसार नेपालबाट भारत पठाउन लागिएको भारतीयहरुमा १ सय ५० बांकेको हवल्दारपुर स्थित राम माबी र महेन्द्र बहुमुखी क्याम्पस क्वारेन्टाईनमा बसेका हुन् भने झण्डै ५ सय भारतीयहरु बिभिन्न बेलामा नाता सम्बन्ध भेट्न आएका र काम बिशेषले नेपाल आएर बसेकाहरु हुन् ।

भारतबाट नेपाल ल्याईने नेपालीहरुलाई आज महेन्द्र बहुमुखी क्याम्पसको क्यारेन्टाईनमा राखेर सबैको आडिटी परिक्षण पश्चात सम्बन्धीत जिल्लामा पठाईने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सम्बन्धित जिल्लामा उनीहरुलाई स्थानीयतहले क्यारेन्टाईनमा राख्ने ब्यवस्था मिलाउने प्याकेरेलले जानकारी दिनु भयो ।

लकडाउन घोषणा भएपछि मात्र नेपाल भारत सिमाको जमुनाहा नाकाबाट ४ हजार बढी नेपालीहरु मुलनाका र चोरीबाटो हुंदै नेपाल भित्रिएको आंकलन गरिएको छ । पहिलो पटकनै नेपाल भित्राईएका नेपालीहरुलाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा राख्नखोज्दा ६ सय बढीको संख्यामा पर्खाल नाघेर भागेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com