एनआरएनए अमेरिकाज परिषद सदस्यहरुको बैठक, भारतिय अतिक्रमणको बिरोध


प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार

गैरआवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका मानार्थ परिषद सदस्यहरुको पहिलो परिचयात्मक बैठक सम्पन्न भएको छ। अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको अध्यक्षतामा भएको बैठकले कोभिड १९ बाट भएको असर र के कस्ता गतिबिधि गर्न सकिन्छ भनेर सुझाव लिएको छ । । त्यसैगरी स्वदेश फिर्ता जानेहरुको बिषय संभव, सान्दर्भिकता र संस्थागत अन्य गतिबिधिका कुराहरुमा बैठक केन्द्रित थियो।

बैठकलाइ गैरआवासीय नेपाली संघका उपाध्यक्ष रविना थापाले संघका पछिल्ला गतिबिधिबारे जानकारी गराउनुभयो। यसका साथै उहाँले मध्येपूर्वमा महिलाहरुलाई फिमेल हाइजिनसंग संबन्धित सामाग्रीहरुको अभाव भएको र त्यसका लागि सहयोग गर्ने पहल गर्दै गरेको बताउनुभयो । यसबाहेक लक् डाउन र शेल्टर इन प्लेसले डोमेस्टिक भायोलेशन बढेकोले आइसीसी महिला संयोजकको संयोजनमा थप गतिबिधि गर्न प्रयास गरिएको जानकारी समेत गराउनुभयो।

त्यसैगरी संघका सचिव गौरी जोशीले कोभिड १९ सँग संबन्धित कुरा, सपोर्ट र एनसीसीको पहल अनि आपसमा मिलेर जाने कुराबारे बताउनु भयो । उहाँले बैठकमा उठेका थुप्रै विषलाई जवाफ पनि दिनभयो । बिशेष गरि गैरआवासीय नेपाली नागरिकता, कोभिड १९ राहत, संस्थाका अन्य गतिबिधि र नेपाल सरकारसंगको समन्वयका कुरा समेत जानकारी गराउनुभयो।

बैठकमा आइसीसी सल्लाहकार हरिबोल भण्डारीले नेपाल सरकारले बोल्नु भन्दा एक कदम पहिला नेपाली भूमीकाबारे आवाज उठाएर सहि काम गरेको र यसका लागि गैरआवासीय नेपाली संघलाइ धन्वावाद ज्ञापन गर्नुभयो। आरसी राजन त्रिपाठीले राष्ट्रिय समन्वय परिषद र अन्तराष्ट्रिय परिषद बिचको संबन्ध, कोभिड १९ संबन्धि अरु प्रयास र संयोजन संबन्धि एनसीसी र आइसीसीसंग मिलाएर जाने कुरा, नेपाल फर्कन चाहनेहरुको लागि थप पहल गर्ने कुरा, क्षेत्रको गतिबिधिका साथै भारतको नेपाली भूमिमाथि अतिक्रमण संबन्धि प्राप्त आइसीसीको पत्रलाइ समेटेर के गर्न सकिन्छ त्यो प्रयास गर्ने कुरा बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बैठकमा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद उपाध्यक्ष रबिना थापा, सचिव गौरी जोशी, क्षेत्रीय संयोजक राजन त्रिपाठी, क्षेत्रीय उपसंयोजक राम पोख्रेल, क्षेत्रीय महिला संयोजक उमा कार्की, क्षेत्रीय युवा संयोजक बिमला सापकोटा, आइसीसी सदस्य तृष्णा शर्मा, शंकर खड्क, प्रमोद सिटौला, आइसीसी सल्लाहकार हरिबोल भण्डारी, आइसीसी सल्लाहकार तथा नेपाल सरकारका महावाणिज्यदुत एशी शेर्पा सहभागी हुनुहुथ्यो।

त्यसैगरी, बेदराज बस्नेत, प्रमिला बस्नेत, अभिम्यू बस्नेत, कृष्ण के सी, कृष्ण लामिछाने, प्रतिक पाण्डे, प्रेम श्रेष्ठ, राधेश पण्डित, उत्तम लामिछाने, पिताम्बर भट्टराई, चन्द्र राई, भारत अर्याल, गोपी कृष्ण काफ्ले, धुण्डिराज पाण्डे, पुरु ढकाल, रबिन्द्र घिमिरे समेत हुनुहुन्थ्यो । राष्ट्रिय परिषद क्यानाडा (एनसीसी)का अध्यक्ष चिरन्जीवी घिमिरे, एनसीसी अमेरिकाका बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बन्जाडे, उपाध्यक्षहरु कृष्ण जिबी पन्त, बिद्धि सुबेदी, सर्बग्य वाग्ले पनि बैठकमा उपस्थित हुनुहुन्थ्यो। उहाहरुले आ-आफ्ना कुराहरु राख्नुभयो।

यसका साथै बैठकका सहभागीहरुले भारतले नेपालको लिपुलेक हुँदै चिन सम्म नेपाली भूमी मिचेर गरिएको राजमार्गको बिरोध गरे। बैठकका सहभागीहरुले राष्ट्रिय समन्वय परिषद मार्फत राजदुतावसमा अनलाइन पिटिशन गर्ने जस्ता सुझाव पनि दिएका थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com