कर्णालीमा ‘मेडिकल मार्च’


प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार

मानदत्त रावल / कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि एक महिने ‘मेडिकल मार्च’ अभियान शुरु गरेको छ । ‘कर्णाली प्रदेशका १० वटै जिल्लामा अहिले कोरोना भाइरस सङ्क्रमण भेटिएको छैन’, सामाजिक विकासमन्त्री दल रावलले भने, ‘कोरोना भाइरसविरुद्ध कर्णालीमा अहिले एक महिने मेडिकल मार्च अभियान शुरु गरेका छौँ ।’ कोरोनामुक्त कर्णालीका लागि मेडिकल मार्च शुरु गरिएको उनको भनाइ छ । यसका लागि सामूहिक सङ्कल्पको खाँचो रहेको बताउँदै उनले हालसम्मको कोरोना रोकथाम, नियन्त्रण र पूर्व तयारीका गतिविधि सन्तोषजनक रहेको बताए ।

‘कोरोना भाइरस जोखिमबाट कर्णाली पनि अछुतो रहन सक्दैन् तर यसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको पूर्वतयारीका लागि हामी निकै लागिपरेका छौँ’, मन्त्री रावलले भने, ‘रु ५० करोडको कोरोना कोष स्थापना, क्वारेन्टाइन, आइसोलेशन र अस्पताल व्यवस्थापन कार्य गरिएको छ ।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेश अस्पताल र सामुदायिक अस्पताल चौरजहारीलाई कोरोना भाइरस नियन्त्रणका लागि हबका रुपमा अघि बढाइएको छ । यी अस्पताललाई आवश्यक बजेटको व्यवस्था पनि गरिएको छ । हालसम्म कर्णाली ‘ग्रीन जोन’का रुपमा छ । ‘यो भाइरसको सङ्क्रमण नियन्त्रणमा स्वास्थ्यकर्मी, स्थानीय सरकार र प्रशासनको ठूलो भूमिका छ’, उनले भने, ‘कोरोना भाइरसमुक्त कर्णाली भनेर भन्ने दिनको पर्खाइमा छौँ ।’

कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणलाई मध्यनजर गर्दै प्रदेशका २७ स्थानमा चिकित्सकसहितको टोली खटाएको छ । ‘मेडिकल मार्च’ नाम दिइएको यो अभियानमा करिब १० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने लक्ष्य राखिएको छ । मेडिकल मार्चमा सुर्खेतस्थित प्रदेश अस्पतालबाट ११ र जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ९ जना चिकित्सक खटिएका छन् । बाँकी ७ स्थानमा सम्बन्धित जिल्लाका चिकित्सक जाने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुनै स्थानमा दुई चिकित्सक खटाइएका छन् । एउटा टोलीमा चिकित्सकसहित सरदर छ जनाका दरले स्वास्थ्यकर्मी खटिने मन्त्रालयले जनाएको छ । यस हिसाबले मेडिकल मार्चअन्तर्गत एकैपटक करिब २ सय चिकित्सक र स्वास्थ्यकर्मी कर्णालीका बस्तीमा युद्धस्तरमा खटिएको मन्त्री रावलले बताए । उनका अनुसार प्रतिष्ठानको टोली जुम्ला, कालीकोट, मुगु र हुम्ला तथा प्रदेश अस्पतालको टोली दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम र सुर्खेतमा गएको छ ।

प्रदेश सरकारले हिमाली जिल्ला हुम्ला र डोल्पामा एयर लिफ्टिङ गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको छ भने अन्य जिल्लामा स्थलमार्गबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो । प्रदेशले शनिबार डोल्पा र आइतबार हुम्लामा एयर लिफ्टिङ गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो । कर्णालीका पाँचवटा जिल्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले हेर्ने व्यवस्था गरिएको छ भने तल्लो क्षेत्रका जिल्ला प्रदेश अस्पतालले र बाँकी जिल्ला सामुदायिक अस्पताल चौरजहारीले हेर्ने गरी स्वास्थ्यकर्मी परिचालन गरिएको छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गर्न र स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ खटिन मन्त्री रावलले आग्रह पनि गरे ।

स्थास्थ्यकर्मीको टोली कम्तीमा १० दिनसम्म खटाइएको स्थानमा बस्ने जनाएको छ । सो अवधिमा टोलीले स्थानीयस्तरमा स्वास्थ्य जाँच र कोरोना परीक्षण गर्नेछ । मन्त्री रावलका अनुसार यो अवधिमा ७९ वटा स्थानीय तहका ७ सय १८ वटा वडामा स्थानीयवासीको कोरोना परीक्षण हुनेछ । ‘अभियानमा कुनै पनि वडाका बासिन्दा कोरोना परीक्षणबाट छुट्ने छैनन् । ‘शंकास्पद देखिएका र विदेशबाट आएका व्यक्तिको आरडिटी गर्नुका साथै स्वाब सङ्कलन गरेर पीसीआर पनि परीक्षण गरिनेछ’ उनले भने, ‘हाम्रो योनजाअनुसार प्रयोगशाला र परीक्षण सामग्री पुगे भने १० दिनभित्र कर्णालीमा कोरोनाको अवस्था स्पष्ट हुनेछ ।’

‘कोरोनामुक्त कर्णाली’

टोलीको सहयोगमा प्रत्येक वडामा १० जनाका दरले करिब १० हजार व्यक्तिको कोरोना परीक्षण गर्ने लक्ष्य राखिएको पनि मन्त्री रावलले बताए । ‘सबै नेगेटिभ भेटिएको खण्डमा कर्णाली प्रदेशमा लकडाउन खुलाइनेछ’, उनले भने, ‘बाहिरबाट आउने क्रम पूर्णरुपमा नाका बन्द गरिनेछ ।’

यो अवधिमा कसैमा कोरोना देखिएमा सङ्क्रमण नियन्त्रणको लागि थप प्रक्रिया सुरु गरिने र नदेखिएमा ‘कोरानामुक्त कर्णाली’ घोषणा गरिने मन्त्री रावलले बताए । कोरोना देखिएमा सम्बन्धित स्थानमै आइसोलेशनमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए । ‘यदि कसैमा पनि कोरोना देखिएन भने हामीले सङ्घीय सरकारसँग समन्वय गरी ‘कोरोनामुक्त कर्णाली’ घोषणा गर्नेछौं’, उनले भने, ‘त्यसकै लागि गाउँगाउँमा चिकित्सक र स्वास्थ्यकर्मीको टोली पठाएर परीक्षण अभियान थालेका हौं ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com