भारतले लखेटेपछि दशगजामै बास


प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार

भारतमा कोरोना सङ्क्रमण फैलिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लुकिछिपी २१ कामदार नरैनापुर फर्किए ।

भारत श्रावस्ती जिल्ला भिन्गास्थित क्वारेन्टाइनले उनीहरुलाई राख्न नमानेपछि भारतीय प्रहरीले नरैनापुर गाउँपालिका–१ सुइँया नाकाबाट उनीहरुलाई नेपाल प्रवेश गरायो । ‘मजदूर फर्किएको सूचना प्राप्त हुनेबित्तिकै नरैनापुर गाउँपालिकाले उनीहरुलाई आदर्श मावि लक्ष्मणपुरमा रहेको क्वारेन्टाइनमा राखेको थियो’, गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले भने, ‘तर सशस्त्र प्रहरीले २१ जनालाई लगेर दशगजामा राखेको छ ।’ भारतमा रोजगारी गरी घर फर्कने मजदूरको अवैध प्रवेशका कारण भारतसँग सीमा जोडिएको नरैनापुरमा कोरोना सङ्क्रमणको जोखिम उच्च रहेको अध्यक्ष शाहले बताए ।

भारतबाट आएर दशगजाबाट लुकीछिपी आफ्नो गाउँघर पुग्न खोज्ने युवालाई प्रहरीले दशगजामै छेक्ने गरेको छ । कामदारका परिवारले उनीहरुलाई क्वारेन्टाइनमा राख्न अनुरोध गरे पनि आफूहरुलाई नेपाल भित्रिन नदिने निर्देशन भएकै कारण क्वारेन्टाइनमा राख्न नमिल्ने सशस्त्र प्रहरी बल गंगापुरका इन्चार्ज वीरेन्द्रबहादुर जिसीले बताए ।

‘नेपाल प्रवेश गर्न नदिने निर्देशन विपरीत लुकीछिपी प्रवेश गरेको पाइएकोले उनीहरुलाई क्वारेन्टाइनमा राख्न मिलेन । हामीलाई प्रवेश गर्न नदिने निर्देशन छ ।’, इन्चार्ज जिसीले भने, ‘प्रवेश गर्न नदिने भनेपछि क्वारेन्टाइनमा राख्न दिने प्रश्न नै आउँदैन । यद्यपि यसअघिदेखि नै नरैनापुर गाउँपालिकाले भारतबाट आएका कामदारलाई क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्दै आएको छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतले उता बस्न नदिने र नेपालले दशगजाभित्र पस्न नदिने गरेकाले नेपाली पीडित बनेको नेपाली काँग्रेस क्षेत्र नं १ का नेता रामचन्द्र मौर्यको भनाइ छ । उनले भने, ‘गाउँ फर्किनेहरु नेपाली नागरिक भएकाले उनीहरुको व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्छ, पन्छिन मिल्दैन ।’ प्रदेश नं ५ सरकारले मंगलबार नै एक सूचना जारी गरी सबै स्थानीय तहमा भारतबाट आउने कामदारलाई लक्ष्य गरेर उनीहरुको व्यवस्थापनका लागि थप क्वारेन्टाइन निर्माण गर्न निर्देशनसमेत दिएको छ ।

‘केन्द्र सरकारले कुनै पनि व्यक्ति प्रवेश गर्न नपाउने सूचना जारी गरेको छ, यो आपसमा विवादित देखियो’, गाउँपालिकाका अध्यक्ष शाहले भने, ‘हामी व्यवस्थापनका लागि तयार छौं तर प्रहरीले सीमाबाट प्रवेश गर्न दिँदैन ।’

सीमा क्षेत्रमा अहिले पनि १०० भन्दा बढी कामदार अलपत्र अवस्थामा छन् । बुधबार राति नरैनापुर–५ का तीन कामदार पसेको सूचना आएपछि उनीहरुलाई प्रहरीले फेरि भारततर्फ फिर्ता पठाएको छ । ‘भारतले दशगजासम्म आउन दिने तर नेपाल प्रहरीले नेपाल प्रवेशमा रोक लगाउनुहुँदैन’, नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले भने । गत साता नै नरैनापुर क्षेत्रबाट ५६ धर्मगुरुको स्वाब संकलन गरी जाँच गरिएकामा सबैको रिपोर्ट निगेटिभ आएको छ ।

भारतबाट आउने कामदारका कारण जोखिम हुन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मानबहादुर बिसीले बताए ।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com