ह्वाइटहाउसमा छिर्यो कोरोना, उपराष्ट्रपतिका प्रेस सेक्रेटरी संक्रमित


प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार

ह्वाइट हाउसमा कार्यरत अमेरिकी राष्ट्रपतिका निजी सुरक्षा सहयोगीमा कोरोना पोजेटिभ पुष्टी भएलगत्तै उपराष्ट्रपति माइक पेन्सकी प्रेस सेक्रेटरीमा पनि कोरोना संक्रमण पुष्टी भएको छ । शुक्रबार प्रेस सेक्रेटरी कैटी मिलरलाई कोरोना संक्रमण पुष्टी भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित रिपब्लिकन सांसदहरुसँगको भेटघाटमा बताए ।

राष्ट्रपति ट्रम्पले मिलर आफूसँग सम्पर्कमा नआएको तर उपराष्ट्रपति माइक पेन्ससँग भने सम्पर्कमा आएको जानकारी दिएका छन् । मिलर पत्रकारहरुसँग भने नियमित सम्पर्कमा थिइन् । अहिले ह्वाइटहाउसले पत्रकारहरुका लागि कोरोना भाइरसको परीक्षण उपलब्ध गराएको छ ।

फोटो : किशोर पन्थी

कैटी मिलर अमेरिकी राष्ट्रपति ट्रम्पका बरिष्ठ सल्लाहकार स्टेफन मिलरकी पत्नी हुन् । यसअगाडि ह्वाइट हाउसको वेष्ट विङमा कार्यरत अमेरिकी सेनाका व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको थियो । ती अमेरिकी सेनाका अधिकारीले हवाइट हाउस क्याम्पसमा काम गर्दै आएका थिए ।

नेभीमा कार्यरत ती अधिकारीले ट्रम्पको निजी सहयोगीका रुपमा काम गरेका थिए । बुधबार लक्षण देखिनु अगाडि नै उनलाई परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com