नेपालगञ्जमा थप एक जना नयाँ कोरोना संक्रमित भेटिएका छन्। यो सँगै नेपालमगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ भने नेपालभर १ सय २ पुगेको छ। भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गर्दा १ जनामा संक्रमण पोजेटिभ देखिएको हो। १६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो।
नेपालगञ्जमा भेटिएका संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पहिले देखिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप संक्रमित फेला परेको बताउनु भयो ।
नेपालमा भेटिएका १०२ संक्रमित मध्ये ३० जना उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। तर, डिस्चार्ज भएका ३० जनामध्ये ३ जनामा पुन : संक्रमण देखिएको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।