न्युयोर्कमा घरभाडा नतिरेपनि अगस्त २० सम्म निकाल्न नपाइने


प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार

अब न्युयोर्कमा भाडावालले घरभाडा नतिरेपनि घरधनीले भाडामा बस्नेलाई अगस्त २० सम्म निकाल्न नपाउने भएका छन् । साथै यो अवधिमा घरभाडा तिर्न ढिलो भएको अवस्थामा बिलम्ब शुल्क समेत लिन नपाइने भएको छ ।

न्युयोर्कका गभर्नर एन्ड्रयु कुमोले भाडा नतिरेपनि घरबाट निकाल्न नपाइने नियम ६० दिन थपेर अगस्त २० सम्मका लागि कायम गरेका हुन् । आवासीय र कर्मर्सियल दुबैका हकमा यो नियम लागु हुनेछ । अर्थात् घरमा बसेकाहरुलाईमात्र नभई कार्यालय राखेकाहरुलाई पनि घरधनीले निष्काशन गर्न पाउनेछैनन् ।

कोरोना भाइरसका कारण उत्पन्न आर्थिक संकटको सामना गरिरहेका भाडावालहरुलाई सहयोग गर्न गभर्नर कुमोले यस्तो घोषणा गरेका हुन् । कुनै घरवेटीले भाडामा बस्नेलाई निकाल्न खोजेमा वा दुब्र्यबहार गरेमा भाडामा बस्नेले ३११ मा फोन सम्पर्क गरेर यसबारे जानकारी दिनसक्नेछन् ।

न्युयोर्क सिटीमा अहिलेसम्म संक्रमण पुष्टी हुनेहरुको संख्या झण्डै १ लाख ७५ हजार पुगेको छ भने मृतकको संख्या १४ हजार १ सय ६३ पुगेको छ । अरु ५ हजार ३ सय ७८ जना पनि कोरोनाबाटै मृत्यु भएको आशंका गरिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अप्रिल ६ मा न्युयोर्कमा एकैदिनमा ६ हजार २ सय ६ जना संक्रमित थपिएका थिए । तर अहिले क्रमश यो दर घट्दै गएको छ । पछिल्लो एकदिनमा न्युयोर्क सिटीमा १८६५ संक्रमित थपिएका छन् ।

अप्रिल ७ मा न्युयोर्क सिटीमा मृतकको संख्या ५७५ सम्म पुगेको थियो तर अहिले मंगलबारसम्म आइपुग्दा यो दर दैनिक ३० मा झरेको छ ।

अस्पतालमा भर्ना हुनेहरुको संख्या अप्रिल ६ मा सबैभन्दा उच्च १६८२ पुगेको थियो । तर अहिले यो संख्या पनि घटेर दैनिक एकसयको हाराहारीमा झरेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com