ह्वाइटहाउसमा कार्यरत अमेरिकी राष्ट्रपतिका निजी सुरक्षा सहयोगीमा कोरोना पोजेटिभ
प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार
अमेरिकी राष्ट्रपतिका निजी सुरक्षा सहयोगीमा कोरोना पोजेटिभ पुष्टी भएको छ । वेष्ट विङमा यो नै पहिलो कोरोना संक्रमण भएको ह्वाइट हाउसले जनाएको छ ।
अमेरिकी सेनामा कार्यरत ती व्यक्तिमा कोरोना संक्रमण भएको ह्वाइट हाउसको मेडिकल युनिटले जानकारी दिएको डेपुटी प्रेस सेक्रेटरीले होगन गिड्लेले जनाएका छन् । ती अमेरिकी सेनाका अधिकारीले हवाइट हाउस क्याम्पसमा काम गर्दै आएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्समा भने कोरोना संक्रमण नरहेको डेपुटी प्रेस सेक्रेटरीको भनाई छ ।
नेभीमा कार्यरत ती अधिकारीले ट्रम्पको निजी सहयोगीका रुपमा काम गरेका थिए । बुधबार लक्षण देखिनु अगाडि नै उनलाई परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।






