लकडाउन फेरि लम्बियो, भोलि साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने


प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार

मुलुकमा कोरोना भाइरस संक्रमणका घटना बढ्दै गएपछि सरकारले हाल कायम लकडाउनकाे अवधि लम्ब्याउने निर्णय गरेकाे छ । भाइरस न्यूनीकरण तथा रोकथामका लागि सरकारले जारी लकडाउन लम्ब्याएर जेठ ५ गतेसम्मका लागि कायम राख्ने निर्णय गरेकाे हाे ।

आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि छैटाैँपटक ११ दिन थप गरेकाे हाे । यसअघि घोषित लकडाउन २५ वैशाख (भाेलि)सकिँदै थियाे । बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्ज्वलन गर्ने निर्णय समेत गरेको छ ।

यसअघि वैशाख १४ गते बसेकाे मन्त्रिपरिषद बैठकले पाचौँपटक १० दिन थपेर लकडाउन २५ गतेसम्म कायम राख्ने निर्णय गरेको थियाे । त्याेभन्दा अघि वैशाख २ गतेको मन्त्रिपरिषद बैठकद्वारा चौथोपटक वैशाख १५ गतेसम्मका लागि लकडाउन कायम राख्ने निर्णय गरेकाे थियाे । नेपालमा गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन सुरू भएकाे थियाे ।

मुलुकमा कोरोना संक्रमणका घटना बढ्दै गएपछि सरकारले पुनः लकडाउन लम्ब्याउने निर्णय गरेको हो । पछिल्लाे समय नेपालगन्जमा समुदायस्तरमा काेराेना संक्रमण फैलिएकाे भेटिएपछि लकडाउन थप गर्ने निर्णयमा सरकार पुगेकाे देखिन्छ । नत्र वैशाख २५ पछि लकडाउन खुकुलाे पार्नेबारे पनि छलफल भइरहेकाे थियाे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि मंगलबार कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले पनि लकडाउन तत्काल खुकुलो पार्न नसकिने र अवधि पुनः थप्नुपर्ने निष्कर्ष सहित सरकारलाई प्रस्ताव गरेको थियाे । लकडाउनकाे स्वरूप फेर्नेबारे प्रधानमन्त्री र मन्त्रीहरूबीच छलफल भएकाे थियाे ।

कोरोना संक्रमण फैलन नदिन लकडाउन तथा सामाजिक दूरी र प्रतिबन्धात्मक कार्यक्रम नै प्रभावकारी रहेको भन्दै विश्व स्वास्थ्य संगठनले समेत लकडाउन तत्काल फुकुवा गर्न नहुने सुझाव दिँदै आएको छ । हालसम्म काेराेना भाइरसकाे प्रभावकारी उपचार पत्ता लाग्न सकेकाे छैन, जसकारण यसकाे संक्रमणबाट जाेगिने उपाय नै विश्वभरि अपनाइएकाे छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com