वीर अस्पतालमा किट सकियो, कोरोना परीक्षण बन्द


प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार

वीर अस्पतालमा किट सकिएपछि कोरोना परीक्षण बन्द भएको छ । आइतबारदेखि कोरोना (कोभिड–१९) परीक्षणका लागि चाहिँने आरएनए एक्ट्रयाक्सन किट सकिएपछि परीक्षण बन्द गरिएको वीर अस्पतालका निर्देशक डा.केदार सेन्चुरीले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई ४ सय किट उपलव्ध गराएको थियो ।

अस्पतालले मन्त्रालयकै अनुरोधमा प्रदेश नम्बर ६ मा दुई सय किट पठाएको समेत उनले जानकारी दिए । ‘कोरोना परीक्षणका लागि किट अभाव हुन थालेपछि अस्पतालले मन्त्रालयलाई केहि दिन अघि जानकारी हो’ उनले भने, ‘वीर अस्पतालमा पिसिआर विधिबाट दैनिक २१–२२ वटा नमुना परीक्षण हुँदै आएको थियो ।’

देशका १८ स्थानमा पिसिआर विधिबाट कोरोना परीक्षण हुँदै आएको छ । वीर अस्पतालमा जस्तै अन्य स्थानमा पनि किट अभावका कारण कोरोना परीक्षण रोकिन सक्ने सम्भावना बढ्दै गएको बताइएको छ । हालसम्म पिसिआर विधिबाट १३ हजार ६ सय ४० जनाको नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दैनिक २० देखि २२ जनासम्मको कारोना परीक्षण हुँदै आएकोमा अहिले सो काम ठप्प भएको वीर अस्पतालकी प्याथोलोजी विभागकी प्रमुख डा.प्रतिभा विष्टले जानकारी दिइन् । ‘संक्रमण बढेका बेला झन धेरै व्यक्तिको पीसीआर परीक्षण गर्नुपर्ने बेलामा किटको अभाव भएको छ’ उनले भनिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com