कर्णाली प्रदेशमा संक्रमण शून्य


प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार

नेपालमा सबैभन्दा बढी प्रदेश नम्बर १ कोरोना संक्रमणबाट प्रभावित भएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन् । कूल संक्रमितको संख्या ७५ पुग्दा प्रदेश नम्बर १ मा मात्रै ३१ जनामा संक्रमण दखिएको प्रवक्ता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए । यसैगरी प्रदेश नम्बर ५ मा १७ र प्रदेश नम्बर २ मा १३ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै बागमती प्रदेशमा ७ र सुदूरपश्चिममा ५ जनामा संक्रमण देखिएको उनले बताए । संक्रमित ७५ मध्ये ५८ पुरुष र १६ जना महिला रहेका छन् । जसमा १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने ५९ जनाको विभिन्न अस्पतलमा उपचार भइरहेको छ ।

उनीहरु सबैको अवस्था सामान्य रहेको प्रवक्ता डा. देवकोटाले बताए । अहिले १ सय ६ जना शंकास्पद विरामी आइसोलेसनमा उपचाररत रहेका छन् । उपत्यकामा १ र उपत्यका बाहिर १ सय ५ जना उपचाररत रहेका छन् । देशभरी २१ हजार ५ सय २३ क्वारेन्टाइनमा रहेका छन् । आजसम्म पिसिआर विधिबाट १३ हजार ६ सय ४० जना नमुना परीक्षण भएको छ ।

आरडिटी विधिबाट ५० हजार ८ सय ४५ जनाको परीक्षण भएको प्रवक्ता देवकोटाले बताए । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८२ जनाको परीक्षण भएको छ । प्रदेश नम्बर १ मा ५ हजार ८ सय ३७, प्रदेश नम्बर २ मा ५ हजार ७ सय ३६ र बागमती प्रदेशमा ८ हजार ६ सय १० जनाको आरडिटी परीक्षण भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तैगरी गण्डकी प्रदेशमा ५ हजार ८ सय ८२, प्रदेश नम्बर ५ मा ४ हजार ८ सय ३१, कर्णाली प्रदेशमा ८ हजार १ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनाको आरडिटी परीक्षण भएको प्रवक्त देवकोटाले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com