नेपालमा कोरोनालाई जितेर घर फर्किएका व्यक्तिमा पुनः पोजेटिभ देखियो,अस्पतालमा भर्ना


प्रकाशित मिति : बैशाख २१, २०७७ आईतबार

कोरोना संक्रमण भई १४ दिन अस्पताल बसेर घर फर्किएका एक व्यक्ति पुनः अस्पताल भर्ना भएका छन् । वैशाख ११ गते अस्पतालबाट डिस्चार्ज भई घर गएका ती व्यक्तिमा पुनः कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना गरिएको हो ।

रौतहटको इशनाथ नगरपालिकाका ती व्यक्तिमा एक्कासी ज्वरो आएपछि उनको घरमै गई स्वाबको नमुना लिएर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा उनमा फेरि पनि कोरोना पोजेटिभ देखिएको नारायणी क्षेत्रीय अस्पताल श्रोतले बताएको छ । अहिले उनलाई वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा भर्ना गरिएको छ । स्रोत भन्छ, ‘वहाँको रिपोर्ट गडबढ आएर फेरि यहाँ ल्याइएको हो ।

अस्पताल भर्ना गरिएका ती व्यक्तिले रातोपाटीसँग कुरा गर्दै भने, ‘मलाई लिन एम्बुलेन्स पठाइएको थियो, अहिले अस्पतालमा छु । नर्सले तपाईं एक दुई दिन यहीँ बस्नुपर्छ भन्नुभएको छ ।’

भारतको दिल्लीबाट रौतहट आएका ती व्यक्ति सुरुको १४ दिन नगरपालिकाकै क्वारेन्टाइनमा बसेका थिए । त्यही क्रममा उनलाई कोरोना पोजिटिभ देखिएपछि नारायणी क्षेत्रीय अस्पताल वीरगञ्जमा राखी उपचार गरिएको थियो । अस्पतालमै राखेर उपचार गरेपछि उनको टेष्ट गर्दा नेगेटिभ आएको थियो । ३ पटकसम्म नेगेटिभ रिपोर्ट आएपछि ‘कोरोनालाई जितेको’ भन्दै उनलाई वैशाख ११ गते डिस्चार्ज गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निको भएर घर फर्किए पनि त्यसको ४ दिनपछि ती व्यक्तिमा ज्वरो आएपछि उनको घरमै पुगेर पुनः स्वाबको नमुना लिएर आएको अस्पताल श्रोतले बताएको छ । उनीसहित उनको परिवारका सदस्यहरुको स्वाब परीक्षण गर्दा उनमा पुनः पोजेटिभ देखिएपछि वैशाख २० गते राति उनलाई अस्पताल ल्याइएको हो ।

नारायणी अस्पताल श्रोतका अनुसार उनमा अहिले पनि कोरोना संक्रमण पोजेटिभ देखिएकाले गए राती नै अस्पतालबाट एम्बुलेन्स गएर उनलाई ल्याइएको हो । उनलाई अहिले पनि अस्पतालको आइसोलेसनमै राखिएको छ ।

उनीसँगै ४ जना बिरामी निको भई डिस्चार्ज भएका थिए । अहिले फेरि ती ४ जनालाई नै अस्पताल ल्याएर आइसोलेसनमा राख्ने तयारी भइरहेको अस्पताल श्रोतले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com