मे ६ देखि न्युयोर्क सिटी ट्रेन दैनिक ४ घण्टाको दरले बन्द हुने


प्रकाशित मिति : बैशाख १८, २०७७ बिहीबार

आगामी मे ६ देखि न्युयोर्क सिटीको ट्रेन ४ घण्टाको दरले बन्द हुने भएको छ । कोरोना भाइरससम्बन्धित सरसफाईका लागि र ट्रेनमा रहेका होमलेसहरुलाई हटाउनका लागि ट्रेन बन्द गरिने गभर्नर एन्ड्रयु कुमोले घोषणा गरेका छन् ।

न्युयोर्क सिटी ट्रेनको ११६ बर्षको इतिहासमा एकैपटक ट्रेनको सम्पूर्ण सेवा शटडाउन गर्न लागिएको यो पहिलो पटक हो । यसअगाडि प्राकृतिक विपत्ति वा अन्य कारणले कुनै कुनै ट्रेन वा रुटहरुमात्र बन्द गरिएपनि सम्पूर्ण सेवा भने बन्द गरिएको थिएन । पहिलोपटक न्युयोर्क ट्रेनको सेवा अब चौबीसै घण्टाबाट दैनिक २१ घण्टामा झर्ने भएको छ ।

ट्रेन बन्द गरिएको अवधिमा किटाणुनाषक औषधीले ट्रेनलाई सफा गरेर भाइरसमुक्त बनाउने प्रयास गरिनेछ । राती १ बजेदेखि ५ बजेसम्म ट्रेन बन्द गरिने र उक्त अवधिमा सबै यात्रुलाई ट्रेन छाड्नुपर्ने जनाइएको छ ।

यो अवधिमा पुलिस र होमलेस आउटरिच कामदारहरुले ट्रेनमा सुत्ने हजारौंलाई ट्रेनबाहिर निकाल्नेछन् र आवश्यक परेमा होमलेस सेल्टरमा लैजानेछन् । ट्रेन बन्द कहिलेसम्म हुने भन्नेबारे केही बताइएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा एमटीएले मार्चको सुरुवातदेखि नै हरेक ७२ घण्टामा ट्रेन र बसहरु किटाणुनाषकले सफा गर्न सुरु गरेको थियो । तर गभर्नरले यो प्रयाप्त नभएको भन्दै ट्रेन सेवा नै अबरुद्ध गरेर सरसफाइको घोषणा गरेका हुन् । बसहरु पनि अब हरेक २४ घण्टामा सफा गरिने भएको छ ।

उक्त समयमा अत्यावश्यक कामदारलाईमात्र यात्रा गर्न सुझाव दिइएको छ । अत्यावश्यक कामदार पुष्टी गर्नेहरुले भाडाका गाडीहरुमार्फत निशुल्क कनेक्सनको सुविधा पाउनेछन् । अत्यावश्यकबाहेक अन्यले भने यो सुविधा पाउनेछैनन् ।

यो समयमा अरु बेला झण्डै १० हजार यात्रुहरुले ट्रेन प्रयोग गर्दै आएको र २ हजार होमलेसहरुले ट्रेनलाई सुत्नका लागि प्रयोग गर्दै आएको जनाइएको छ । अब उक्त समयमा ती होमलेसहरुलाई अस्पताल, सेल्टर वा सडकमा पठाइने भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com