अनलाइन कक्षा सञ्चालन गर्न प्याब्सनको निर्देशन


प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले यही वैशाख २२ गतेबाट अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन गरेको छ ।प्याब्सनले लकडाउनपछि पनि विद्यालय खुल्ने अनिश्चित भएपछि कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो । प्याब्सन अध्यक्ष टीकाराम पुरीले वैशाख २२ बाट कक्षा सञ्चालन गर्न प्रदेश, जिल्ला र स्थानीय कमिटीलाई निर्देशन गरेको बताए ।

प्याब्सन केन्द्रीय कार्यसमितिको हालै बसेको अनलाइन बैठकले कक्षा सञ्चालन गर्न निर्देशन दिएको जनाएको छ । अध्यक्ष पुरीले कक्षा सञ्चालन नगर्दा विद्यार्थीको पठनपाठन डामाडोल हुने र शैक्षिक सत्रको क्यालेन्डरमा समेत असर पर्ने भएकाले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको बताए ।

तर, नयाँ भर्नाको विषयमा कुनै निर्णय नभएको प्याब्सनको भनाइ छ । प्याब्सनले लकडाउन लम्बिए नयाँ भर्ना गर्ने विषयमा निर्णय लिने जनाएको छ । प्याब्सनले लकडाउन खुलेपछि मात्रै भर्ना लिने आन्तरिक तयारी गरिरहेको छ । तर, केही विद्यालयले पढाइसँगै भर्ना खोल्नुपर्ने जनाउँदै आएका छन् ।

प्याब्सनअन्तर्गतका अधिकांश विद्यालयले अस्ति १५ गतेबाट परीक्षाफल प्रकाशित गरिसकेका छन् । केही ठूला विद्यालयले अनलाइनमार्फत कक्षा सञ्चालन गरिसकेका छन् । विद्यालयमै उपस्थित भएजस्तो पढाइ नहुने भए पनि विद्यार्थीलाई व्यस्त गराउन प्याब्सनअन्तर्गतका विद्यालयले अनलाइन पढाइ शुरू गर्न लागेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com