कपिलवस्तुमा जबर्जस्ती करणीका सात घटना, अधिकांश आफन्तबाट


प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार

एक महिनामा यहाँ जबर्जस्ती करणीका सात घटनामा उजूरी दिइएको छ । कोरोना भाइरस (कोभिड –१९) संक्रमण नियन्त्रणका लागि एक महिनादेखि जारी लकडाउन अवधिमा जिल्लामा जबर्जस्ती करणीका घटना भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।

घटनाका पीडितमा १० किशोरी र एक महिला छन् । किशोरीहरु आफन्त र चिनजान भएका व्यक्तिबाटै पीडित भएका छन् । घटना आफन्त र छरछिमेकबाट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

जबर्जस्ती करणीका सात मुद्दा दर्ता भई अदालतबाट म्याद थपिएको प्रनाउ मल्लले जानकारी दिए । जिल्लामा चालु आर्थिक वर्षको अहिलेसम्म जबर्जस्ती करणीका २६ मुद्दा दर्ता भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com