नेपालमा कोरोना संक्रमितको संख्या ५४


प्रकाशित मिति : बैशाख १६, २०७७ मंगलबार

मंगलबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको छ । रौतहटका २४ र ३५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या ५४ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक प्रवक्ता डा. विकास देवकोटाले भारतबाट आएर कवारेन्टाइनमा बसिरहेका उनीहरुको नमुना परीक्षण गर्दा पोजेटिभ देखिएको बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको नमुना परीक्षण गरिएको थियो । नेपालमा संक्रमण देखिएका व्यक्तिहरु अधिकांश भारत लगायत अन्य मुलुकबाट आएकाहरु छन् ।

अहिले को शी अस्पतालमा सबैभन्दा बढी ३१ जनाको उपचार भइरहेको छ । नारायणी अस्पतालमा ३, चितवनमा ३ र सेती प्रादेशिक अस्पतालमा १ जना संक्रमित उपचाररत रहेका छन् । अहिलेसम्म १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म ५४ हजार ८ सय २६ परीक्षण भएका छन् । जसमा पिसिआर विधिबाट १० हजार ८ सय ७ र आरडिटीबाट ४४ हजा १९ वटा नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताए । पछिल्लो २४ घण्टामा १ हजार १ सय ९३ वटा नमुना परीक्षण भएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदेश नम्बर १ मा ४ हजार ८ सय २८, प्रदेश नम्बर २ मा ५ हजार २ सय ४९ र बागमती प्रदेशमा ८ हजार ४ वटा आरडिटी परीक्षण भएका छन् । यसैगरी गण्डकी प्रदेशमा ४ हजार ९ सय ३६, प्रदेश नम्बर ५ मा ५ हजार ३ सय २८, कर्णाली प्रदेशमा ५ हजार १ सय ८१ र सुदूरपश्चिम प्रदेशमा १२ हजार २ सय ८३ वटा आरडिटी परीक्षण भएका छन् ।

देशभरी अहिले २२ हजार ९९ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर ५ मा सबैभन्दा बढी १२ हजार १ सय ६४ जना क्वारेन्टाइनमा रहेका छन् । प्रदेश नम्बर १ मा २ हजार २ सय ८८, प्रदेश नम्बर २ मा १ हजार ५ सय १२, बागमती प्रदेशमा ३ सय ६१ र गण्डकी प्रदेशमा ६ सय ७६ जना क्वारेन्टाइनमा रहेका छन् ।

यसैगरी कर्णाली प्रदेशमा १ हजार ३ सय ९ र सुदूरपश्चि प्रदेशमा १ हजार ३ सय ९ जना क्वारेन्टाइनमा रहेका छन् । काठमाडौं उपत्यकामा ४ र बाहिर १ सय ३ गरी १ सय ७ जना आइसोलेसनमा उपचाररत रहेको प्रवक्ता देवकोटाले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com