भारतका विभिन्न स्थानमा क्वारेन्टाइनमा रहेका एक सय २३ जना नेापालीलाई भारतीय सुरक्षाकर्मीले सर्लाहीकाे सीमा क्षेत्रमा ल्याएर छाडिदिएका छन् । भारतकै क्वारेन्टाइनमा बसेका एक सय २३ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीले बिहीबार राति ट्रकमा हालेर भाडसर–कनौली नाकास्थित लखन्देही खोलामा छाडिदिएका हुन् ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय सर्लाहीको अनुरोधमा भारतको विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएको थियो । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनीहरूलाई रातको समयमा लखन्देही खोला हुँदै नेपाल जाने बाटो देखाएर छोडेको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए ।
दशगजा क्षेत्रमा आइपुगेका उनीहरूलाई सशस्त्र प्रहरीको सीमा सुरक्षा टोलीले सीमा क्षेत्रमा रोकेर राखेको हो । ‘उनीहरूलाई सीमा क्षेत्रमा गएरातिदेखि नै रोकेर राखिएको छ।’
लकडाउन सुरु भएयता मात्र भारतका विभिन्न स्थानबाट ६३ जना नेपाली भारतीय र नेपाली प्रहरीको आँखा छलेर सर्लाही छिरिसकेका छन् । उनीहरूलाई सम्बन्धित स्थानीय तहमै निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।