चिकित्सक कुटपिट गरेको आरोपमा डीएसपीलाई जिम्मेवारीबाट हटाइयो


प्रकाशित मिति : बैशाख ४, २०७७ बिहीबार

महानगरीय प्रहरी वृत्तका डीएसपी उमेश लम्साललाई छानबिनका लागि जिम्मेवारीबाट हटाइएको छ । उनलाई छानबिनका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तानिएको छ ।

बुधबार साँझ त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन जना चिकित्सकलाई कुटपिट गरेको आरोपमा अनुसन्धान गर्न लम्साललाई जिम्मेवारीबाट हटाइएको हो। महाराजगञ्ज वृत्तबाट खटिएको प्रहरीले कान्ति बाल अस्पताल पछाडि पैदल हिँडिरहेका तीन जना चिकित्सकलाई कुटपिट गरेको घटना सार्वजनिक भएको थियो।

घटनाको छानबिन गर्न महानगरीय प्रहरी प्रमुख डीआईजी विश्वराज पोख्रेलले एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डीएसपी होविन्द्र बोगटी सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरिसकेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com