क्यालिफोर्नियाले अमेरिकामा कागजपत्रविहिनलाई पाँचपाँच सय डलर दिने


प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार

क्यालिफोर्नियाले कोराना महामारीबाट प्रभावित कागजपत्रविहिनका लागि १२५ मिलियन डलरको कोष घोषणा गरेको छ । हरेक कागजपत्रविहिनलाई ५ सय डलरका दरले राहत प्रदान गरिने क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले घोषणा गरेका छन् । यो रकम झण्डै डेढलाख कागजपत्रविहिन बयस्कहरुले प्राप्त गर्नेछन् ।

कागजपत्रविहिनहरुले संघीय सरकारकाले प्रदान गर्ने १२ सय डलरको राहतबाट लाभान्वित नहुने तथा बेरोजगारी बिमाबाट समेत उनीहरुले रकम प्राप्त गर्न नसक्ने भएकाले यो व्यवस्था गरिएको गभर्नरले जनाएका छन् । राज्यको झण्डै १० प्रतिशत जनशक्ति कागजपत्रविहिन रहेको र उनीहरुले गतबर्षमात्र राज्य तथा स्थानीयरुपमा साढे २ बिलियन भन्दा बढी कर तिरेकाले उनीहरुप्रति पनि आफ्नो दायीत्व रहेको गभर्नरको भनाई छ ।

करदाताको ७५ मिलियन र परोपकारीसंस्थाको ५० मिलियन गरी १ सय २५ मिलियनको राहतकोष बनाइने भएको छ । केही परोपकारी संस्थाले साढे ५ मिलियन डलर सहयोग गरिसकेका छन् । रकम आम्दानीको आधारमा वितरण नगरिने र व्यक्तिगत सुचना पनि आवश्यक नहुने गभर्नरले बताएका छन् ।

क्यालिफोर्निया कागजपत्रविहिन आप्रवासीहरुका लागि विशेष रुपमा उदार रहदै आएको छ । गतबर्षमात्र क्यालिफोर्नियाले २५ बर्षभन्दा कम उमेरका कम आम्दानीभएका कागजपत्रविहिनलाई स्वास्थ्य सुविधा ल्याएको थियो । यो बर्ष गभर्नरले उक्त सुविधा ६५ बर्षमाथिका कागजपत्रविहनलाई पनि दिलाउन प्रस्ताव गरेका थिए ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com