संक्रमित परिवार : तेस्रो सदस्यको रिपोर्ट नेगेटिभ


प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार

पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने कोरोना भाइरस (कोभिड–१९) संक्रमित परिवारका तेस्रो सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।
सोमबार गरिएको र्‍यापिड टेष्टमा तीनै जनामा एन्टीबडी पोजेटिभ पाएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । उनीहरुमध्ये ८१ बर्षीया आमा र ५८ वर्षका छोरामा कोरोना संक्रमण पाइएको छ । ५२ वर्षकी बुहारीको पहिलो रिपोर्ट पोजेटिभ नआएपछि पुनः परीक्षण गरिएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com