र्‍यापिड टेष्ट : १६ जनामा कोरोना भाइरस पोजेटिभ


प्रकाशित मिति : बैशाख २, २०७७ मंगलबार

भारत तथा तेस्रो मुलकबाट आएका व्यक्तिहरुको ( र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी छ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा धादिङ, काठमाडौँ र काभ्रेपलाञ्चोक जिल्लामा गरी छ जनामा पोजेटिभ पाइएको हो ।

हालसम्म बाग्मती प्रदेशका विभिन्न जिल्लामा गरी आरडीटी परीक्षण ९०७ जना गरिएकोमा बाग्मती प्रदेश अस्पताल विकास तथा चिकित्सा सेवा निर्देशनालयका निर्देशक डा। पुरुषोत्तमराज सेढाईले काठमाडौँमा तीन जना, काभ्रेमा दुई जना र धादिङका एक जना कोरोना भाइरसका शङ्कास्पद विरीमीहरुको आरडीटी परीक्षण गर्दा पोजेटिभ पाइएको जानकारी दिनुभयो ।

उहाँका अनुसार काठमाडौँका तीन जनामध्ये दुई जनाको स्वाब परीक्षण ९पीसीआर टेष्ट० गर्दासमेत पोजेटिभ रिपोर्ट आएको छ ।
काठमाडौँका एकसहित काभ्रे र धादिङका गरी चार जनाको पीसीआर टेष्ट गर्न बाँकी रहेको सामाजिक विकास मन्त्रालयका प्रबक्तासमेत रहनु भएको सेढाईले भन्नुभयो ।

मङ्लबार (यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकामा धादिङको ज्वालामुखी गाउँपालिकाका २७ वर्षीय पुरुष हुनुहुन्छ । उहाँ दक्षिण कोरियाबाट गत फागुन २० गते फर्किनु भएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै आरडीटी परीक्षण गर्दा काभ्रेपलान्चोकस मण्डन देउपुर गाउँपालिकाका २३ वर्षीय पुरुष र अर्का बेथानचोक गाउँपालिका २८ वर्षीय पुरुषको रिरपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मण्डन देउपुर गाउँपालिकाका पोजेटिभ देखिएका दुबई र बेथानचोकका भारतबाट फर्किनु भएको हो । आरुडीटी रिपोर्ट पोजेटिभ आएका काभ्रे र धादिङका तीनै जनालाई आइसोलेसनमा राख्ने व्यवस्था गरिएको छ । उहाँहरुको पीसीआर परीक्षण गर्न बाँकी रहेको छ । यसैबीच मङ्गलबार पर्सा जिल्लाका ३८ र मकवानपुरको एक गरी ३९ जनाको स्वाब परीक्षणका लागि कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित कोरोना प्रयोगशालामा ल्याइएकोमा २१ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ प्राप्त भएको छ ।

बाँकी स्वाब परीक्षणको क्रममा रहेको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित कोरोना प्रयोगशालामा हालसम्म १५४ जना कोरोना भाइरसका शङ्कास्पद विरामीको स्वाब परीक्षण गरिएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासमेत परीक्षण गर्दा तीन जनाको रिपोर्ट पोजेटिभ र बाँकीको नेगेटिभ रिपोर्ट प्राप्त भएको छ ।

यसैवीच दिल्लीको निजामुद्दीन स्थित तबलिकी जमातमा सहभागी भएर फर्केका सप्तरीका आठ जनामध्ये दुई जनामा कोरोना पोजिटिभ पुष्टि भएको छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) परीक्षणबाट दुई जना कोरोना पोजिटिभ पुष्टि भएको हो। हामीले सात जनाको आरडीटी टेष्ट गर्दा पाँच जनाको रिपोर्ट नेगेटिभ र दुई जनाको पोजिटिभ आएको गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालका प्रमुख डाक्टर चुमनलाल दासले जानकारी दिनुभयो ।

सातै जनाको थ्रोट स्वाब लिएर पिसिआर टेष्टका लागि धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको उहाले बताउनुभयो । कोरोना पोजिटिभ दुबै जनालाई अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ।गत मार्च ८ र ९ तारिखमा उनीहरु नयाँ दिल्लीको निजामुदिन मस्जितमा आयोजित मर्कज९धार्मिक भेला०मा सहभागी भएर जमाती९धर्म प्रचारक०को रुपमा सप्तरी फर्केका थिए।

उनीहरु फर्केदेखि घरमै बसिरहेका थिए। घरमा बसिरहेका उनीहरु मर्कजबाट फर्केको सूचना पाएपछि स्थानीय प्रशासनले उनीहरुलाई कोरोना परीक्षणका आग्रह गरेका थिए। सातजनाको परीक्षण पनि दुइ जनामा पोजिटिभ देखिएपछि उनीहरुको कन्टयाक्ट ट्रेसिङदेखि ट्राभल ट्रेसिङ सुरु गरिएको ठाकुरले बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com