कोरोना नियन्त्रणमा सरकारको ६ ‘टी’ फर्मुला


प्रकाशित मिति : बैशाख १, २०७७ सोमबार

कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले ६ वटा टी (T) फर्मुलाको रणनीति अघि सारेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संक्रमणको विकासक्रमसँगै सरकारले रणनीतिहरुलाई थप परिष्कृत र परिमार्जित गरिरहेको जानकारी दिँदै अहिले मुख्य ६ वटा टी (त्०को फर्मुलाबाट आफ्ना रणनीतिहरु अगाडि सारेको जानकारी दिए ।
नेपालमा हालसम्म १४ जना कोरोनाभाइरसको संक्रमण देखिइसकेको अवस्थामा सरकारले पनि रोकथामका लागि सो रणनीति अख्तियार गरेको हो ।

मन्त्री ढकालका अनुसार पहिलो टी फर्मुलामा ट्राभल रेष्ट्रिक्सन, दोस्रोमा टेष्टिङ्ग, तेस्रोमा टे«सिङ्ग, चौथामा ट्रयाकिङ्ग, पाचौंमा ट्रिटमेन्ट र छैटौमा टुगेदर रहेका छन् । मन्त्री ढकालले यस संक्रमणको नियन्त्रण र रोकथामको लागि आवश्यक पर्ने पीपीई., परीक्षणको लागि आवश्यक सामग्री लगायतका अन्य वस्तुहरुको हाल विश्वव्यापी रुपमा नै अभाव रहेको बताउँदै भने, ‘हामीले देशमा आफूसँग भएको साधन श्रोतको अधिकतम उपयोग गरौँ । दुरुपयोग नगरौँ । आफूसँग भएका सामानको समुचित प्रयोग गरौँ भन्ने हाम्रो अनुरोध छ । यो चुनौतिको सामना हामी सबै एकजुट भई काम गरेर मात्र सम्भव छ । देशलाई महामारीबाट बचाउ । बाँकी बहस पछि गरौँला । महामारीको यो लडाईमा जनताको स्वास्थ्य सुरक्षाको ग्यारेण्टी गरौँ ।’

कोरोना संक्रमण विरुद्धको यो लडाईमा चिकित्सक र स्वास्थ्यकर्मीले गखेलेको भूमिकाको प्रशंशा गर्दै मन्त्री ढकालले उनीहरुको स्वास्थ्य र सुरक्षाको प्रत्याभूति राज्यले गर्ने प्रतिबद्धता जनाए ।

कोरोना नियन्त्रण गर्न सरकारका ६ वटा टी फर्मुलाः

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलो टीः ट्राभल रेष्ट्रिक्सन
यसको लागि आवतजावत बन्द गर्ने नै हो । जसको लागि बाहिरी मुलुकबाट नेपाल भित्रिने सबै किसिमका मार्गहरु बन्द गरिएका छन् भने नेपाल भित्र पनि गत चैत्र १० गतेदेखि लकडाउनको अवस्था छ । यो अवस्थामा विदेशबाट नेपाल भित्रिएका व्यक्तिहरु क्वारेन्टाइनमा रहन जरुरी छ । जसले गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण नसरोस् । हाल धेरैजसो देशहरुले यो रणनीति अपनाएका छन् । यो प्रभावकारी पनि सावित भएको छ । यो लकडाउनले सर्वसाधारणमा केही असहजता त भएको छ तर आफ्नो देशलाई संक्रमणबाट बचाउन यो कुरा अपरिहार्य छ । यसमा यहाँहरुले गर्नुभएको सहयोगको म उच्च मूल्याङ्कन गर्छु ।

दोश्रो टी : टेष्टिङ्ग
यस अन्तर्गत स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले व्यवस्था गरेका क्वारेन्टाइनमा रहेका सबै व्यक्तिहरुको नमुना परीक्षण गर्ने र होम क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको पनि आवश्यकता अनुसार नमुना परीक्षण गर्ने नीति लिइएको छ । कुन व्यक्तिलाई कस्तो खालको परीक्षण गर्ने र कति अवधीमा गर्ने भन्ने कुरालाई स्वास्थ्य विज्ञहरुको सुझावमा हामीले कार्यविधि बनाई व्यवस्थित गरेका छौँ । हाम्रो हालको रणनीति परीक्षणको दायरालाई थप फराकिलो बनाई धेरै भन्दा धेरै व्यक्तिहरुलाई सो दायरामा ल्याई परीक्षण गर्नु हो ।

तेश्रो टी : ट्रेसिङ्ग
ट्रेसिङ्ग भन्नाले संक्रमित व्यक्तिका परिवार नजिकका व्यक्तिहरु जोसँग ति संक्रमितहरु न्जिकको सम्पर्कमा आउनुभयो त्यस्ता व्यक्तिहरुलाई पत्ता लगाई परीक्षणको दायरामा ल्याउनु हो । हामीले धेरैजसो संक्रमितहरुको ट्रेसिङ्ग कार्य पुरा गरिसकेका छौँ भने पछिल्लो समयमा पहिचान भएका संक्रमितहरुको ट्रसिङ्ग कार्य भइरहेको छ । यो कार्य इपिडिमियोजलोजी तथा रोग नियन्त्रण महाशाखाले व्यवस्थित रुपमा गर्दै आइरहेको छ ।

चौथो टी : ट्रयाकिङ्ग
सम्भावित संक्रमित र संक्रमित व्यक्तिहरुको एक ठाउँबाट अर्को ठाउँमा आवत जावत भएमा सो कुराको यकिन गरी उनिहरुलाई आइसोलेशनमा राख्न अनुगमन गर्ने विधि ट्रेकिङ्ग कार्य हो । यसको लागि स्वास्थ्य मन्त्रालय मातहतबाट खटिएका टोलीहरु, ऋऋःऋ तथा स्वास्थ्य मन्त्रालयद्वारा सञ्चालित कल सेन्टरहरु, मोबाइल एप र वेवसाइट मार्फत ट्रेकिङ्ग कार्यलाई थप व्यवस्थित गरिएको छ । यस कार्यलाई अझ थप व्यवस्थित गर्न व्यक्तिहरु क्वारेन्टाइनमा रहे नरहेको अनुगमन गर्नुपर्ने हुन्छ । यस कार्यका लागि मन्त्रालयले आफ्नो संयन्त्र परिचालन गरिसकेको छ । त्यसका साथै स्थानीय तह तथा प्रदेश सरकारका जनप्रतिनिधिहरु, सुरक्षाकर्मीहरु, मिडियाकर्मीहरु र सम्बन्धित सबै सरोकावालाहरुलाई यस कार्यमा सहयोग, समन्वय र सहकार्यका लागि हार्दिक अनुरोध गर्दछु ।

पाँचौ टी : ट्रिटमेन्ट
हालसम्म नेपालमा १३ जना संक्रमितको संख्या रहेको छ । जसमध्ये एक जना निको भएर घर फर्कि सक्नुभएको र १२ जना विभिन्न अस्पतालमा उपचारको क्रममा हुनुहुन्छ । वहाँहरु सबैको स्वास्थ्य स्थिति सामान्य रहेको छ । सम्भावित संक्रमणको संख्या आँकलन गरी योजनाबद्ध तरिकाले उपचारको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयले आफ्नो रणनीति तय गरेको छ । कोरोना संक्रमणको उपचारको लागि काठमाडौं उपत्यकाका र उपत्यका बाहिरका विभिन्न अस्पतालहरुलाई तोकिएको छ ।

कोरोना संक्रमणको सम्पूर्ण उपचारको व्यवस्था र खर्च नेपाल सरकारले निशुल्क गर्ने प्रबन्ध गरेको छ । कोरोना संक्रमण बाहेकका आकप्मिक सेवा र निरन्तर उपचारका क्रममा रहनुभएका बिरामीहरु थप समस्यामा नपरुन र उनिहरुलाई सर्वसुलभ रुपमा सेवा प्रवाह होस् भन्नका लागि मन्त्रालय गम्भीर छ र त्यस्तो सेवा प्रवाह गर्ने आवश्यक प्रबन्ध मिलाउन हामी निरन्तर लागिपरेको ब्यहोरा अनुरोध छ । यस महामारीको घडिमा के सरकारी के गैह्रसरकारी सबै किसिमका अस्पतालहरुबाट उपचार गर्नु पर्ने हुन्छ । त्यसैले नेपाल भरका सबै किसिमका अस्पतालहरुलाई सञ्चालन गर्ने योजनाका साथ मन्त्रालय तयारी अवस्थामा रहेको छ । यसमा सबैको सहयोगको अपेक्षा गर्दछु ।

छैठौं टीः टुगेदर
कोरोना संक्रमणको यो सम्भावित महामारी रोक्न स्वास्थ्य मन्त्रालय मात्र होइन सिंगो देश नै लागिपरेको छ । उच्च स्तरीय समिति, सीसीएमसीदेखि लिएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विभिन्न तहमा कमिटिहरु बनाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कार्य व्यवस्थित रुपमा भइरहेको छ । यसका अतिरिक्त अन्य मन्त्रालयहरु तथा निकायहरुमा समेत विषयगत समितिहरु सक्रिय छन् । यस कार्यमा स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, अत्यावश्यक दैनिक उपभोग्य सामानहरुको व्यवस्था गर्नेहरु, सरकारी तथा गैह्रसरकारी संघसंस्था तथा सञ्चारमाध्यम लगायतसबै मिलेर मात्र यो लडाईमा हामीले विजय हाँसिल गर्न सक्नेछौँ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com