काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनालाई कोरोना संक्रमणको आशंका,पाटन अस्पताल भर्ना


प्रकाशित मिति : बैशाख १, २०७७ सोमबार

काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा रहेका तीन जनामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ । अहिले यस क्षेत्रलाई प्रहरीले आफ्नो निगरानीमा राख्दै आवश्यक क्षेत्रलाई सील गरेको छ । परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ ।

उनीहरुको पीसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालस्थित स्रोतले पनि पुष्टि गरेको छ। स्रोतका अनुसार उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com