मुलुकभर ८२ जना आइसोलेसनमा,नयाँ संक्रमित भेटिएका छैनन् : प्रवक्ता डाक्टर देवकोटा


प्रकाशित मिति : चैत्र २९, २०७६ शनिबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार साँझसम्म नयाँ कोरोना संक्रमित नभेटिएको बताएको छ । शनिवार अपरान्ह पत्रकार सम्मेलन गर्दै मन्त्रालयले नयाँ कोरोना संक्रमित बिरामी नभेटिएको बताएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार शनिवार साँझसम्म गरिएका नमुना परीक्षणमा कुनै पनि नयाँ बिरामी नभेटिएको बताएका हुन् । हालसम्म ९ जनामा कोरोना संक्रमण भएको र एक जना निको भई घर फर्किसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिवारसम्म देशभर ८२ जना व्यक्ति आइसोलेसनमा रहेका छन् । जसमध्ये १५ जना काठमाडौं उपत्यका ६७ जना उपत्यकाबाहिर रहेका छन् ।

हालसम्म ४ हजार ४ सय २६ जनाको नमुना परीक्षण गरिएको र त्यो मध्ये ३ हजार ३ सय ९२ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । बिगत २४ घण्टामा ८ सय ९७ जनाको नमुना संकलन गरिएको पनि मन्त्रालयले बताएको छ ।

मुलुकभर ८ हजार ८२ जना नागरिकहरु क्वारेन्टाइमा रहेको र उनीहरुको नमुना संकलनको काम भइरहेको पनि मन्त्रालयले जनाएको छ । क्वारेन्टाइनमा बसेका सबैको र्यापिड टेष्ट हुने मन्त्रालयले जनाएको छ । त्यसैगरी ७७ वटै जिल्लामा -यापिड टेस्टका लागि उपकरण र स्वास्थ्यकर्मी पठाइएको र अधिकांश जिल्लामा र्यापिड टेष्ट सुरु भइसकेको पनि मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरुमा र्यापिड टेष्टबाट परीक्षण सुरु भइसकेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताए । काठमाडौंमा वीर अस्पतालबाट कोरोना परीक्षण सुरु भइसकेको र आइतबारबाट टेकु अस्पतालमा पनि परीक्षण सुरु हुने मन्त्रालयले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com