गड्डाचाैकीमा खटिएका २४२ जनाको -यापिड टेस्ट ,सबैको रिपोर्ट नेगेटिभ


प्रकाशित मिति : चैत्र २९, २०७६ शनिबार

कञ्चनपुरको पश्चिमी सीमा-नाका क्षेत्र गड्डाचौकीमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको द्रूत परीक्षण (-यापिड टेस्ट) गरिएकाे छ । सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

शुक्रबार परीक्षण टोलीले सीमा क्षेत्रमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, भन्सारका कर्मचारी, सञ्चारकर्मी र सर्वसाधारण गरी २४२ जनाको -यापिड टेस्ट गरेकाे थियाे । सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

-यापिड टेस्टमा सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका प्रहरी उपरीक्षक वीरसिंह साहुसहित १ सय ३४ जना सशस्त्र प्रहरी, ४७ जना नेपाल प्रहरी, २१ नेपाली सेना, २३ स्वास्थ्यकर्मी, १ पत्रकार, १ कैदी, ५ भन्सारका कर्मचारी, २ प्रशासनका कर्मचारी र ८ सर्वसाधारणको टेस्ट गरिएका हो ।

सीमामा हुने आवतजावत रोक्न सीमानाकामा खटिएका अधिकांशले आफु कोरोनाको उच्च जोखिममा भएको र सबैले आफुहरुलाइ शंकाको घेरामा राखेको बताएपछि उनीहरूकाे परीक्षण गरिएकाे हाे । साेही अनुसार खटिएका सबैको -यापिड टेस्ट गरेको र सबैको रिपोर्ट नेगेटिभ आएको सशस्त्र प्रशरी वल ३५ नम्वर गण शैलेश्वरीका प्रहरी उपरीक्षक वीर सिंह साहुले बताउनु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com