कञ्चनपुरको क्वारेन्टीनमा बसेका १२१ जनाकाे रिपोर्ट नेगेटिभ


प्रकाशित मिति : चैत्र २८, २०७६ शुक्रबार

कञ्चनपुरका विभिन्न सात क्वारेन्टीनमा बसेका १२१ जनाकै र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । भारत तथा तेस्रो मुलुकबाट आएर क्वारेन्टीन बसेका उनिहरुकाे र्‍यापिड रेस्पोन्स टिमले बिहीबार कञ्चनपुरका सात स्थानीय तह अन्तरगत क्वारेन्टीनमा बसेका १२१ जनाको र्‍यापिड टेस्ट गरेको थियो । भने ती सबैको रिपोर्ट नेगेटिभ आएको हाे ।

स्थानीय तह अन्तरगत बेलाैरी नगरपालिकाको क्वारेन्टीनमा १२ जना, बेलडाँडी गाउँपालिकाको क्वारेन्टीनमा १२ , पुनर्वास नगरपालिकाको क्वारेन्टीनमा २४, शुक्लाफाँटा नगरपालिकाको क्वारेन्टीनमा २६, कृष्णपुर नगरपालिकाको क्वारेन्टीनमा १६, वेदकोट नगरपालिकाको क्वारेन्टीनमा १३, महाकाली नगरपालिकाकाे क्वारेन्टीनमा १५ जना बसेका छन् ।

संघीय सरकारले कञ्चनपुर, कैलाली र बाग्लुङमा र्‍यापिड टेस्ट गर्ने निर्णय गरेअनुरूप कञ्चनपुर क्वारेन्टीननमा बसेकाहरूको र्‍यापिड टेस्ट  गरिएको  हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com