पाँचौ दिनसम्म कोरोना संक्रमणका नयाँ विरामी फेला परेका छैनन : प्रवक्ता डा. देवकोटा


प्रकाशित मिति : चैत्र २७, २०७६ बिहीबार

विश्वका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण बढिरहँदा नेपालमा भने विगत ५ दिनदेखि नयाँ संक्रमण देखिएको छैन ।
स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको  मिडिया ब्रिफिङकका क्रममा प्रवक्ता डा. विकास देवकोटाले नेपालमाकोरोना भाइरस संक्रमित नयाँ बिरामी नभेटिएको जानकारी  दिनुभएको हो ।

नेपालमा हालसम्म २ हजार ८ सय ९५ जनाको कोरोना भाइरसको परीक्षण गरिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला हालसम्म २ हजार ३ सय ८२ नमुना परीक्षण भएको छ भने उपत्यका बाहिर ५ सय १३ नमुना परीक्षण गरिएको छ। साथै १ सय ९३ जनाको परीक्षण जारी छ। पछिल्लो ५ दिनमा नयाँ संक्रमित नदेखिएका हुन्। चैत २२ गते ३ जना कोरोना संक्रमित फेला परेपछि संक्रमितको संख्या ९ पुगेको थियो। एक जना निको भएर घर फर्किसकेका छन्। बिहीबारको अपडेटमा आइसोलेसनमा देशभरी ११७ जना रहेका छन् भने क्वारेन्टाइनमा ७ हजार ९४० जना रहेका छन्।

प्रवक्ता देवकोटाले प्रत्येक प्रदेशमा क्वारेन्टाइनमा रहेकाको परीक्षणका लागि ५ हजार प्रति प्रदेशको दरले आरडिटी उपलब्ध गराएको र प्राविधिकहरुलाई तालिम दिएको जानकारी दिए। कैलालीमा ६६ जनामा आरडिटी परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।
साथै मन्त्रालयले बिहीबारदेखि कोरोना भाइरसको नियमित अपडेट साङ्केतिक भाषामा समेत गराउन थालेको छ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com