सीमा पार गर्नेलाई पाँच हजार जरिबाना


प्रकाशित मिति : चैत्र २७, २०७६ बिहीबार

कोराना भाइरसको जोखिम न्यूनीकरण गर्न म्याग्दी र बाग्लुङको सिमानामा कडाइ गरिएको छ । सिमानामा पर्ने म्याग्दीको मङ्गला गाउँपालिका ५ का वडाध्यक्ष भुपेन्द्र खत्री र बाग्लुङको ताराखोला गाउँपालिका ४ का वडाध्यक्ष जीतबहादुर खत्री लगायत स्थानीय जनप्रतिनिधिहरुको संयुक्त बैठकले सीमाबाट आवत जावत गरेको पाइएमा पाँच हजार रुपैयाँ जरिबाना सहित १४ दिनसम्म क्वरेण्टीनमा राख्ने निर्णय गरेको हो ।

मङ्गला र ताराखोला गाउँपालिकाले दुई वटै पालिका जोड्ने देउरालीको सिमाना आवत जावत गर्नेलाई क्वरेण्टीन र पाँच हजार रुपैयाँ जरिबाना गर्ने निर्णय गरेको र त्यो निर्णय मङ्गलबारदेखि नै कार्यान्वयन गरिएको वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

बैठकले गोरेटो र मोटर बाटोमा आवत जावत गर्न नदिने, निर्णयको अवज्ञा गरी लुकिछिपी हिँड्नेलाई आफ्नै खर्चमा १४ दिन क्वरेण्टीनमा बसाउनुका साथै पाँच हजार जरिबाना गरिने मङ्गला गाउँपालिकाका योजना शाखाका सिजन रोकाले बताउनुभयो ।

बागलुङतर्फबाट विभिन्न नाकाबाट पैदल हुँदै म्याग्दी प्रवेश भइरहेको गुनासोपछि अनुगमन र निगरानी थालिएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जानकारी दिनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com