कैलालीमा एक सय ५३ जना नेपाल प्रहरी र सशस्त्र प्रहरीको कोरोनाको र्यापिड टेष्ट गरिएको छ। ८० जना नेपाल प्रहरी र बिभिन्न दर्जाका ७३ जना सशस्त्र प्रहरीको थ्रोट स्वाव संकलन गरी र्यापिड टेष्ट गरिएको हो। र्यापिड टेष्टका क्रममा सबै जनाको नमूनाको रिपोर्ट नेगेटिभ आएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरिक्षक सुदिप गिरी, प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेत लगायत अन्य प्रहरी अधिकारी र विभिन्न दर्जाका प्रहरीको र्यापिड टेष्ट गरिएको हो।
भीड तथा फिल्डमा खटिएका सुरक्षाकर्मीहरु पनि संक्रमणको उच्च जोखिममा भएका कारण फिल्डमा खटिएका सबै सुरक्षाकर्मीहरुको र्यापिड टेष्ट गरिने प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । यस्तै अहिले त्रिनगर प्रहरी चौकीमा कार्यरत प्रहरी कर्मचारीको र्यापिड टेष्ट भईरहेको छ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।