खुल्याे तातोपानी नाका तर रसुवागढी  तत्कालका नखुल्ने


प्रकाशित मिति : चैत्र २७, २०७६ बिहीबार

 मित्रराष्ट्र चीनतर्फको प्रमुख नाकाहरू रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी एउटा खुले पनि अर्को नखुल्ने भएको छ । वाणिज्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चैत १२ गते चीन सरकारलाई तातोपानी र रसुवागढी नाका सञ्चालनको आग्रह गर्दै पत्राचार गरेको थियो ।

विश्व स्वास्थ्य संगठनको मापदण्डबमोजिमको ‘हेल्थ डेस्क’ राखेर बुधबार साँझबाट तातोपानी नाका खुलेकाे हाे । यता रसुवागढी नाका भने तत्कालका लागि नखुल्ने चीन सरकारले नेपाल सरकारलाई जानकारी दिएकाे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

ताताेपानी नाकाबाट पनि अहिले खाद्यान्न र मेडिकल सामान मात्रै आउनेछ । प्रशासन, भन्सार, जनप्रतिनिधि र सुरक्षाकर्मीबीच छलफलपछि तीनबुँदे निर्णय गरी सुरक्षित रूपमा ताताेपानी नाका खोलिएको भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले बताउनुभयाे ।

अत्यवश्यक वस्तुको मात्रै आयात गर्ने सर्तमा तातोपानी नाका खेलेपछि रसुवागढी नाका भने तत्कालकाे लागि नखाेलिने भएकाे हाे । कोरोना संक्रमण भित्रने जोखिम बढेपछि उक्त नाकाहरू बन्द गरिएकाे थियाे ।

ताताेपानी नाकाबाट सामानहरू पनि नेपाल ल्याइसकिएकाे छ । पहिलो लटमा १९ बाकस मास्क र १० बाकस सेनिटाइजर भित्रिएका छन् । ७५ सय वटा मास्क र ५ सय सेनिटाइजर हेल्थ डेस्कमा जाँचेर भन्सार कार्यालयको यार्डमा लगिएको थियो।

गाउँपालिकाका प्रमुख पौडेलका अनुसार सामान लिनकाे लागि नेपालकै एउटा सवारी ताताेपानि नका पुगेकाे थियाे । अहिले उक्त सवारी सिल्ड भएर काठमाडाैं गइसकेकाे पनि पैडेलले जानकारी दिनुभयाे । नाका र झिर्पुमा गरी १० बेडको आइसोलेसन र १० बेडको क्वारेन्टाइन कक्ष पनि तयार राखिएको पनि उहाँले जनाकारी दिनुभयाे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com